ADVS here
Headline News

इन्जिनियरिङ कलेजमा अख्तियारको हस्तक्षेप, सार्वजनिक सम्पत्ति निजी बनाएको आरोप

ADVS here

११ भदौ, काठमाडौं । सामाजिक संस्थाका रुपमा दर्ता भएको नेपाल इञ्जिनियरिङ कलेजलाई रातारात प्राइभेट कम्पनीमा दर्ता गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबै कागजात जफत गरेको छ । सामाजिक संस्थालाई निजी कम्पनी बनाउन कम्पनी रजिष्ट्रारको कार्यालयका अधिकारीहरुको मिलेमतो रहेको आशंका गरिएको छ ।भक्तपुरको चाँगुनारायणमा रहेको कलेज गैर नाफामूलक संस्थाका रुपमा चलिरहेको थियो । तर, अध्यक्ष लम्बोदर न्यौपानेले रातारात कम्पनी रजिष्टारको कार्यालयमा निजी कम्पनीका रुपमा दर्ता गराएको भन्दै अरु सञ्चालकले उजुरी दिएपछि अख्तियारले छानविन थालेको हो । अख्तियारले नेपाल इन्जिनियरिङ कलेज दर्ता लगायतका सबै कागजपत्र नियन्त्रणमा लिएको जनाएको छ ।कलेजका अध्यक्ष लम्बोदर न्यौपाने विरुद्ध सञ्चालक सदस्य हरिप्रसाद पाण्डे र सलिल भट्टराईले अख्तियार र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । न्यौपानेले गत वैशाख २५ गते कलेजलाई प्राइभेट लिमिटेड बनाएर कम्पनी रजिष्टारमा दर्ता गराएको निवदेकहरुको आरोप छ ।सामाजिक संस्थालाई कम्पनी बनाइएको प्रबन्धपत्रमा भनिएको छ( यसअघि कम्पनी ऐनअनुसार दर्ता नभई पोखरा विश्वविद्यालयको सम्बन्धनमा मात्रै सञ्चालन भएका सम्पूर्ण शैक्षिक कार्यहरु आजको मितिदेखि कम्पनी ऐन अनुसार सञ्चालन भएको मानिनेछ । र उक्त कलेजले खरिद वा निर्माण गरेका सम्पूर्ण चल अचल सम्पत्ति स्वतः यस कलेजका हुनेछन् ।वैशाख अन्तिममा कलेज निजी कम्पनीमा दर्ता भएको जानकारी अन्य सन्चालकले साउनमा मात्र थाहा पाए । सामाजिक संस्थालाई निजी कम्पनी बनाएर डेढ अर्बभन्दा बढी चल अचल सम्पत्ति हडप्ने षडयन्त्र बाहिर आएपछि आफूहरुले जिल्ला प्रशासन कार्यालय भक्तपुर र अख्तियार लगायतका निकायमा निवेदन दिएको पाण्डेले बताए ।उनले भने(कलेजलाई सामाजिक संस्थाकै रुपमा कायम राख्न र निजी कम्पनीका रुपमा भएको दर्ता खारेजका लागि हामीले निवेदन दिएका हौं । यो संस्थाको सम्पत्ति भोलि सामाजिक संस्था नरहेको अवस्थामा स्वतः नेपाल सरकारको बाहेक अरुको हुन सक्दैन ।पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर स्नातक र स्नातकोत्तर तहको इन्जिनियरिङ पढाइ हुँदै आएको कलेजलाई सामाजिक संस्थाको हैसियतमा साबिक चाँगुनारायण गाविसले १७४ रोपनी पर्ति जग्गा भोगचलन गर्न दिएको थियो । सो जग्गामा अहिले कलेजले होस्टेल, ल्याब लगायतका पूर्वाधारहरु सञ्चालन गरिरहेको छ ।

ads5

ADVS here

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*