ADVS here
Headline News

स्वीकृत विना संचालन गरिएका कन्सल्टेन्सीहरु बन्द गरिने पाण्डेको चेतावनी

ADVS here

पोखरा साउन १८ , शिक्षा मन्त्रालयका उपसचिव गौरीशंकर पाण्डेले शिक्षा मन्त्रालयबाट स्वीकृत विना संचालन भएका कन्सल्टेन्सीहरु बन्द गरिने चेतावनी दिएका छन् । उच्च शिक्षाका लागि विदेशमा अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीहरुको भविष्यलाई लक्षित गरी व्यवसायिक शैक्षिक परामर्श निकाय केन्द्रित १० दिने इजुकेशनल काउन्सिलर ट्रेनिङको उद्घाटन कार्यक्रममा उनले यस्तो चेतावनी दिएका हुन् ।उनले कानुनसम्वत् सञ्चालन गरिएका व्यवसायिक शैक्षिक परामर्श निकायलाई कुनै समस्या नहुने तर कानुनविपरित सञ्चालन भएको पाइएमा कारवाहिको लागि कुनै कसर बाँकी नराख्ने बताए । साथै उनले हरेक कन्सल्टेन्सीले विद्यार्थी र अभिभावकलाई एउटै र सहि सुचना दिनको लागि सबैलाई आग्रह गरे । व्यवसायको नाममा कन्सल्टेन्सीले काउन्सिलको क्रममा गलत सुचना दिएर विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुको भविष्यमाथि कसैले पनि खेलवाड गर्न नपाईने उनको भनाई थियो । उनले कास्की जिल्लामा भएका कुनै कन्सल्टेन्सी कानुन विपरित सञ्चालन गरिएका छन् भने सिडियोमार्फत पनि बन्द गराउन सकिने शिक्षा मन्त्रालय शैक्षिक परामर्श प्रमाणीकरण शाखा प्रमुख पाण्डेले जानकारी दिए ।

भाषा संघ नेपालका अध्यक्ष युवराज खनालले पोखरामा भएका व्यवसायिक शैक्षिक परामर्श निकाय तथा कन्सल्टेन्सीलाई अनुशासित र मर्यादित बनाउनुपर्नेमा जोड दिए । साथै उनले विदेशका कलेज र विद्यार्थीहरुबीच पुलको काम गर्ने हरेक कन्सल्टेन्सीहरुले विद्यार्थीहरुलाई सहि सुचना सम्प्रेषण गरिदिन आग्रह गरे ।सिटिभिटीको भाइस प्रिन्सिपल जीवन भण्डारीले तालिम लिने मात्र होईन व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । तालिम संयोजक मिना खरेलले तालिम अत्यस्तै फलदायी हुने विश्वास व्यक्त गरिन् ।

 

ads5

ADVS here

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*