ADVS here
Headline News

स्वाइन फ्लूका कारण काठमाडौंमा एक महिलाको मृत्यु, मर्नेको संख्या ४ पुग्यो

ADVS here

काठमाडौं, साउन १८ – स्वाइन फ्लूका कारण काठमाडौंमा थप एक जनाको ज्यान गएको छ । धापासीस्थित ग्रीनसिटी अस्पतालको आइसियूमा उपचाररत कास्कीकी एक महिलाको बुधबार ज्यान गएको हो । पोखराकी ३६ वर्षे महिलाको स्वाइन फ्लुका कारण ज्यान गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डाक्टर शेरबहादुर पुनले जानकारी दिनुभयो । महाशाखाका अनुसार यो वर्ष मात्र काठमाडौंमा स्वाइन फ्लुबाट चार जनाको ज्यान गएको छ । गएको हप्ता मात्र शिक्षण अस्पतालमा दुई र ग्रान्डी इन्टरनेसनल अस्पतालमा एक जनाको ज्यान गएको थियो ।

ads5

ADVS here

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*