
१४ साउन, लहान, जनचेतनाको अभाव र पुरानो सोचमा परिवर्तन आउन नसक्दा सिरहा र सप्तरीलगायत तराईका जिल्लामा कानको समस्या जटिल बन्दै गएको छ ।बालबालिकालाई जथाभावी कानमा तेल तथा औषधिका नाममा विभिन्न बोटबिरुवाको दूध हाल्ने, कान कोट्याइदिने र आमाले सुतेर दूध खुवाउनेजस्ता कारणले कानको समस्या जटिल बन्दै गएको हो । सोबाहेक बढ्दो ध्वनि प्रदूषण र पोखरीमा नुहाउने प्रवृत्तिका कारणले पनि कानका बिरामी दिनप्रतिदिन बढ्दै गएको चिकित्सक बताउँछन् ।सिरहा नगरपालिका–९ स्थित बहिरा बाल विद्यालय, कान उपचार केन्द्रका चिकित्सक सुरेशकुमार यादव पुरानो संस्कार र जनचेतनाको अभावका कारण कानको समस्या बढ्दै गएको बताउँछन् । उनी भन्छन् – बच्चा सानो छँदा आमा वा हजुरआमालगायतले बच्चाको कानमा तेल हालिदिने, औषधिका रुपमा बकाइनलगायतका जातको बिरुवाको दूध कानमा हालिदिने र आमाले सुतेरै बच्चालाई दूध खुवाउने जस्ता कारणले पछि कान बिग्रिने गरेका छन् ।’ जनचेतनाको आभावमा हुने हेलचेक्र्याइँका कारण पछि कान नै बहिरो हुने गरेको उनको कथन छ ।कान उपचार केन्द्रमा अचेल बढ्दै गएको घुइँचोले पनि तराईका जिल्लामा कानको समस्या विकराल बन्दै गएको प्रष्ट भएको चिकित्सक यादव बताउँछन् । सिरहा नगरपालिका–९ मा स्थापित केन्द्रमा अहिले दैनिक २०० सम्म कानका बिरामी उपचारका लागि आउने केन्द्रका प्रशासन प्रमुख विपीनकुमार यादवले बताए ।उपचारका क्रममा २५ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिमा कानको समस्या बढी पाइएको चिकित्सक यादवको भनाइ छ । उनका अनुसार अस्पतालमा कान पाक्ने, कम सुन्ने, चिलाउनेजस्ता समस्याबाट पीडित बढी आउने गरेका छन् ।इम्प्याक्ट नेपालको सहयोगमा २०६२ सालदेखि कानको उपचार शुरु गरेको केन्द्रले एक दशकमा दुई लाख एक हजार ६५६ कानका बिरामीको उपचार गरेको छ । बहिरा संघ सिरहाद्वारा २०५१ स्थापित बहिरा विद्यालयले पछि २०६२ सालदेखि कानको उपचार शुरु गरेको थियो । केन्द्रका प्रशासन प्रमुख यादवका अनुसार कानको उपचार शुल्क रु ५० र जाँच शुल्क रु २५० मात्र निर्धारण गरिएको छ ।थोरै उपचार शुल्कमा राम्रो र गुणस्तरीय उपचार सेवा प्रदान गर्ने गरेकाले सिरहासहित छिमेकी जिल्ला सप्तरी, उदयपुर, महोत्तरी, सिन्धुली र भारतका विभिन्न स्थानबाट कानका बिरामी उपचारका लागि आउने गरेको केन्द्रका प्रशासन प्रमुख यादवको भनाइ छ ।
billig, http://sverige-apotek.life/xcel.html , köpa online priser.