ADVS here

इपिएस भाषा परीक्षाको नतिजा सार्वजानिक, पास भएका झण्डै १९ सय जना कोरिया जान नपाउने

ADVS here

काठमाडौं, साउन १० – आठौं कोरियन भाषा परिक्षाको नतिजा सार्वजानिक भएको छ । मंगलबार सार्वजानिक नतिजाअनुसार १२ हजार १ सय ८ जना उतीर्ण भएका छन् । कृषीतर्फ ७ हजार ५ सय ७८ र उद्योगिक क्षेत्रतर्फ ४ हजार ५ सय ३० जना उतिर्ण भएका हुन् । आउँदो वर्ष कोरियाले १० हजार २ सय नेपालीलाई रोजगारीका लागि लैजाने भएपनि सम्मान अंक ल्याउने परीक्षार्थी धेरै भएका कारण मागभन्दा बढि उतिर्ण भएको इपिएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिनुभयो । मागभन्दा बढि उतिर्ण गराएका कारण १८ सय ९२ जना भने पास भएपनि कोरिया जान नपाउने भएका छन् । आगामी वर्षका लागि कृषि क्षेत्रमा ६ हजार २ सय र औधोगीक क्षेत्रमा ४ हजार नेपालीको कोटा रहेको छ । निर्देशक खतिवडाका अनुसार उतिर्ण परीक्षार्थीले स्किल टेष्टबिनै कोरिया जान पाउने छन् । तर स्वास्थ्य परिक्षण, प्रहरी रिपोर्ट, जबएप्लिकेसन फारम भर्ने र अभिमुखीकरण तालिममा भने सहभागी हुनुपर्ने छ । यी प्रक्रियामा सफल भएर रोष्टममा परेका कामदार कोरियाको रोजाईका आधारमा कोरिया जान पाउने छन् । आउँदो फेब्रुअरी देखि ४ समुहमा कोरिया लैजाने इपिएस शाखाले जनाएको छ । यसअघि असार दोश्रो हप्ता नै नतिजा प्रकाशन गर्ने तयारी गरिएको थियो । तर केही परीक्षार्थी परीक्षा दिन बञ्चित भएपछि नतिजा साउन ढिला भएको हो ।७५ हजार पाँच सय ८० जनाले आवेदन दिएपनि परीक्षामा भने झण्डै ६८ हजार सहभागी भएका थिए । इपिएस भाषा परिक्षा उतिर्ण गरेर कोरिया पुग्ने नेपालीको संख्या झण्डै ४७ हजार पुगेको छ । नतिजा इपिएस कोरिया शाखा, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग र कोरियाको मानव संसाधन विकास (एचआरडी) को वेवसाइटमा हेर्न सकिन्छ ।

ads5

ADVS here

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*