
६ साउन, डेल्धुरा । बेल्जियमका १२ जना विद्यार्थीले डडेल्धुरामा रहेको उपक्षेत्रीय अस्पताल परिसरमा कुष्ठरोग र क्षयरोगको उपचारका लागि स्वास्थ्य भवन निर्माण कार्य सुरु गरेका छन् ।
विद्यार्थीहरु दामियन फाउण्डेशन बेल्जियम नेपालको आर्थिक सहयोगमा उपक्षेत्रीय अस्पताल डडेल्धुरामा ८ कोठे भवन बनाउन लागेका हुन् ।उपक्षेत्रीय अस्पताल डडेल्धुरामा निर्माण भइरहेको उक्त भवनको निर्माणका लागि विद्यार्थीले आफै काम गर्ने गरेका छन् ।भवन निर्माण अवधिभर विद्यार्थीले निःशुल्क काम गर्ने फाउण्डेशन नेपालका निर्देशक डा।सुरेश कोइरालाले बताए । भवन निर्माणका लागि अस्पताल र फाउण्डेशनवीचमा द्विपक्षीय हस्ताक्षर भएको थियो ।प्रदेश नम्बर सातका ७ पहाडी जिल्लाका बिरामीको उपचार केन्ऽका रुपमा भवन निर्माण भइरहेको उपक्षेत्रीय अस्पताल डडेल्धुरा विकास समितिका अध्यक्ष लक्ष्मण सिंहले बताए ।
Leave a Reply