ADVS here
Headline News

विद्यालयका खाली जमिनमा तरकारीखेती गर्ने कि ?

ADVS here

३१ असार, काठमाडौं । देशभरका प्राथमिक तथा आधारभूत विद्यालयमा खाली रहेका जग्गामा करेसाबारी तरकारी खेती गर्दा १० करोड ५० लाख आम्दानी लिन सकिन्छ ।मुलुकभर ३५ हजार प्राथमिक तथा आधारभूत विद्यालय छन् । आठ आना जग्गाका दरले हिसाब गर्ने हो भन्ने मुलुकभर ८७ हेक्टर अर्थात् एक हजार ७५० रोपनी जमिनमा करेसाबारी तरकारीखेती गर्न सकिन्छ । एक रोपनी जमिनमा करेसाबारी तरकारीखेती गर्दा रू ६० हजारसम्म आम्दानी लिन सकिन्छ । यस हिसाबले एक हजार ७५० रोपनी जमिनमा तरकारीखेती गर्दा १० करोड ५० लाख आम्दानी लिन सकिन्छ ।तर, सबै जमिनमा अन्नबाली लगाउँदा भने प्रतिरोपनी १० हजार मात्र आम्दानी हुने नेपाल कृषि अनुसन्धान परिषद्ले जनाएको छ ।परिषद्ले सार्वजानिक विद्यालय परिसरका खाली जमिनलाई करेसावारीका रुपमा विकसित गरी तरकारीखेती गर्न सुझावसमेत दिएको छ ।खेलकुद मैदान बाहेक विद्यालयका जमिन बाँझो हुन्छ । बाँझो जमिनको उपयोग कसरी गर्ने भन्ने ज्ञान विद्यार्थीलाई प्रदान गर्न र उत्पादनमा प्रत्यक्ष सहभागी गराउन परिषद्ले सम्बन्धीत सबै पक्षसंग आग्रह गरेको छ ।परिषद्का बाली तथा बागवानी निर्देशक डा यज्ञप्रसाद गिरी विद्यालयका खाली जमिनमा करेसाबारी खेती गर्न व्यवहारिक ज्ञान छात्रा छात्रालाई प्रदान गर्न र पोषण शिक्षा दिन आवश्यक रहेको बताए । ‘विद्यालयभित्रैको स्थलगत व्यवहारिक ज्ञान र सीपले छात्रा÷छात्रालाई कसरी आत्मनिर्भर बन्ने भन्ने सिकाउनुका साथै जमिनको उपयोगसमेत हुन्छ’ उनले भने ।भूमेस्थान प्रावी, भूमेडाडाका विद्यार्थीले हातहातमा भूँडीपुराण प्रकाशनले प्रकाशित गरेको कक्षा एकदेखि पाँचसम्मका ‘तरकारीखेती’ सम्वन्धी पुस्तक बोकेका छन् । विद्यालयले यो पुस्तक पढाउँछ । तर, अभिभावकले हाम्रा छोराछोरीलाई खेती गर्न किन लगाएको भनेपछि विद्यालयमा करेसाबारी तरकारीखेती गर्न छोडेको शिक्षक विदुर अधिकारीले बताए ।कृषि उपेक्षित पेशा भएकाले यसबाट सन्तानले दुःख नपाउन भनी अभिभावकले बिद्यार्थीलाई स्कुलमा पढाउन पठाएको पाइन्छ । उल्टै विद्यालयले खेती गर्न लगाएपछि शिक्षक बिदुरसँग अभिभावक रिसाएको सुनाउँछन् किसान रामकृष्ण ढकाल ।केही वर्ष पहिले स्वीस विकास नियोग ९एसडिसी०को आर्थिक सहयोगमा बागवानी अनुसन्धान महाशाखा, खुमलटारले रामेछाप र दोलखा जिल्लाका ३० विद्यालयमा तरकारी खेती कार्यक्रम सञ्चालन गरेको थियो । परियोजना समाप्त भएसँगै उक्त विद्यालयले सो कार्यक्रम सञ्चालनमा ल्याएनन् । अन्यत्रका विद्यालयले यसको अनुशरण पनि गरेनन् ।विद्यालय करेसाबारीको इतिहास सन् १८११ मा युरोप र १८९० मा अमेरिकाबाट शुरु भएको थियो । यो अवधारणाले बालबालिकालाई वातावरणसम्बन्धी चेतना बृद्धि गराउन, खाने खाद्यान्नको बारेमा जानकारी गराउन तथा करेसाबारी र पोषणमा चासो जगाउनका लागि प्रयोग गरिएको पाइएको छ । अन्यत्र करेसाबारीलाई प्रोत्साहन गर्नका लागि त्यहाँको पाठ्यक्रममा समावेश गरिएको पाइन्छ ।

ads5

ADVS here

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*