ADVS here

स्टेप वाई स्टेप मा. वि.मा वक्तृत्वकला प्रतियोगिता

ADVS here

पोखरा जेठ ८
स्टेप वाई स्टेप मा.वि. मासबार, पोखरामा आधारभूत तहका कक्षा छ, सात र आठका विद्यार्थी विच अंग्रेजी वक्तृत्वकला प्रतियोगिता सोमबार सम्पन्न भएको छ । विद्यालयका एकेडेमिक डिन दीपक गिरीको अध्यक्षतामा सञ्चालन गरिएको उक्त र्कायक्रममा दीपक गिरीले विद्यार्थीको चौतर्फी विकासका लागि विद्यालयले यस्ता कार्यक्रम गर्दै आएकोले विद्यार्थीहरूले पनि सहभागिता जनाइ आपूmमा आत्मविश्वास र सक्रियता बढाउन आह्वान गर्नुभयो । प्रतियोगितामा रजनी बराल प्रथम हुन सफल भएकी छन् भने सर्मिला रसाइली द्वितीय, निशान ढकाल तृतीय र प्रमेश न्यौपाने तथा सजना थापा चतुर्थ भएका थिए । प्रतियोगितामा जम्मा ३१ जना विद्यार्थीहरू सहभागिता रहेको थियो ।विद्यालयका अतिरिक्त कृयाकलाप इन्चार्ज जगन्नाथ घिमिरेको संयोजकत्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक मेघनाथ गिरीले गरेका थिए भने शिक्षक द्वय रूपेश पौडेल र विरेन्द्र बराल मूल्याङ्कन समितीमा रहेको कुरा विद्यालयका संयोजक सूर्य प्रसाद लम्सालले जनाएका छन् ।

ads5

ADVS here

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*