ADVS here

युजिसीको नियमावली पारित

ADVS here

काठमाडौं, वैशाख २७ – सरकारले विश्वविद्यालय अनुदान आयोग ९यूजिसी० को नियमावली पारित गरेको छ । मन्त्रीपरिषद् अन्तर्गतको विधेयक समितिले युजिसीको नियमावली पारित गरेको शिक्षा मन्त्री धनिराम पौडेलले जानकारी दिनुभयो । आयोग गठन भएको २४ वर्षपछि पहिलो पटक नियमावली बनेको हो ।  समितिको बैठकले ‘शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन सम्बन्धी नियमावली, २०३७’ लाई स्वीकृत गर्ने निर्णय गरेको शिक्षा मन्त्री पौडेलले बताउनुभयो ।विश्व विद्यालय अनुदान आयोग सम्बन्धी ऐन २०५० सालमै बनेको थियो ।

ऐनको दफा १९ मा ऐनको उद्देश्य पूर्तिको लागि आयोगले आवश्यक नियम बनाउन सक्ने व्यवस्था छ । त्यही व्यवस्था अन्तर्गत नियमावली निर्माण गरिएको मन्त्रालयले जनाएको छ । नेपालको उच्च शिक्षामा अन्तर्राष्ट्रिय मान्यता अनुरुप शैक्षिक गुणस्तर कायम गर्ने उद्देश्यले नियमावली निर्माण गरिएको हो । तीनवटा परिच्छेद र १९ बुँदामा समेटिएको नियमावलीमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको नेतृत्वमा ११ सदस्यीय शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद् रहने व्यवस्था गरिएको छ ।

ads5

ADVS here

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*