ADVS here

निर्वाचनबाट रेडक्रस सर्कलको पदाधिकारी चयन

ADVS here

पोखरा, २५वैशाख
नेपाल जुनियर रेडक्रस सर्कल सिर्जना आवासिय माध्यमिक विद्यालय पोखरा ८ सिर्जनाचोकले निर्वाचन प्रक्रियाबाट कार्य समिति चयन गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनको सन्दर्भमा विद्यार्थीहरुलाई सुसुचित गर्न निर्वाचन प्रक्रिया अपनाएर सर्कलका पदाधिकारी र क्याप्टेन चयन गरेको प्रिन्सिपल डोलराज पाण्डेले जानकारी दिए ।सर्कलका ६ पदाधिकारी र ५ सदस्य पदको लागि निर्वाचन भएको थियो । सर्कलका ३ सय ९० मतदाता मध्ये निर्वाचनमा ४६ उम्मेद्वारले प्रतिस्पर्धा गरेका थिए ।  शिक्षक नायक तथा प्रमुख निर्वाचन आयुक्त तिलकप्रसाद काफ्लेले सर्कलको अध्यक्षमा विवेक काफ्ले २ सय ९७ मत ल्याएर निर्वाचित भएको जानकारी दिए । अध्यक्षमा २जनाले प्रतिस्पर्धा गरेका थिए । उपाध्यक्षमा प्रकृति अधिकारी १ सय ९९ मत ल्याएर विजयी भइन् । उपाध्यक्षमा ३जनाले प्रतिस्पर्धा गरेका थिए । सर्कलको सचिवमा सिजना ओझाले २सय१६, सहसचिवमा संजय सिग्देलले १सय८५,कोषाध्यक्षमा प्रतिक्षा अर्यालले ८८ सह कोषाध्यक्षमा सविना सिग्देलले २ सय १६ मत ल्याएर विजयी भएका छन । सर्कलको सदस्यहरुमा सुभेक्क्षा हमालले १ सय २, अंकिता पाण्डेले ६३, अर्पिता पौडेलले ६२, सुशिल सिग्देलले ६२ र सुमन काफ्लेले ६१मत ल्याएर निर्वाचित भएका छन  । स्कुल क्याप्टेनमा इश्वरप्रसाद गौतमले २सय ३० र स्कुल उप क्यप्टेनमा कविर बस्ताकोटीले २ सय ४० मत ल्याएर निर्वाचित भए । निर्वाचन अधिकृत तथा शिक्षक अभिषेक कुँवरले  कार्यतालिका प्रकासित गरी सबै प्रक्रिया पुरा गरी निर्वाचन गरेको बताए । सर्कलले गत वर्ष पनि निर्वाचन प्रक्रियाबाट कार्य समिति चयन गरेको थियो । सर्कलका संरक्षक तथा प्रिन्सिपल डोलराज पाण्डेले पहिलो मतदाता अम्बिका मुडवरीलाई मतपत्र दिएर उद्घाटन गरेका थिए ।

ads5

ADVS here

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*