ADVS here

दुर्गमका विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन सुरु

ADVS here

ओखलढुंगा वैशाख २४ – ओखलढुंगाको दुर्गम गाउँपालिका खिजीदेम्बाको वडा नम्बर ९ पात्लेका दुई वटाविद्यालयमा यस शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमबाट पठनपाठन सुरु भएको छ । स्थानीय टे«किङ व्यवसायीको पहलमा विद्यालयमा अंग्रेजी माध्ययमबाट पढाई सुरु गरिएको हो । पात्लेको दोराखर्कमा रहेको जनता आधारभुत विद्यालय र तावरमा रहेको महादेव आधारभुत विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन सुरु भएको महादेव आधारभुत विद्यालयका शिक्षक ग्याल्जे शेर्पाले जानकारी दिनुभयो ।महादेव आधारभुत विद्यालयमा स्थानीय समाजसेवी एवं टे«किङ व्यवसायी लाक्पा गेल्जे शर्पाको समन्वयमा विदेशी दाताबाट सहयोग गर्ने प्रस्ताव आएकोले ३ जना अंग्रेजी विषयका शिक्षकहरु व्यवस्था गरेर पठनपाठन सुरु भएको छ । अहिले महादेव आधारभुत विद्यालयमा बालकक्षा देखि कक्षा एकसम्म पठनपाठन भइरहेको छ, जहाँ ६९ जनाविद्यार्थी रहेका छन् ।त्यस्तै जनता आधारभुत विद्यालयमा कक्षा १ देखि ३ सम्म गरी ८९ जनाभन्दा बढी विद्यार्थी रहेको विद्यालयले जनाएको छ ।

ads5

ADVS here

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*