
पाल्पा, वैशाख २१ – सरकारले पाठ्यपुस्तकको मूल्य समायोजन गरेकाले तोकिएकै मूल्यमा बिक्री गर्नुपरेको भन्दै पाल्पाका बिक्रेताले यसवर्ष पाठ्यपुस्तकमा छुट दिएका छैनन् । माग धेरै भएको र चाडै सकिने डर देखाउँदै पसलमा आएका ग्राहकलाई बिक्रेताले छुट बिनै पाठ्यपुस्तक थमाएका छन् ।नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको नाममा सूचना टाँसेरै पाठ्य पुस्तकमा छुट दिन नसकिने उनीहरुले बताएका छन् । गएको वर्षभन्दा यसवर्ष ३० प्रतिशतसम्म किताबमै मूल्य घटेकाले क्रेतालाई अहिले झन फाइदा भएको बिक्रेताको दाबी छ ।दुईकलर भएको किताबको प्रतिपेज १२५ पैसा र चार कलरको प्रतिपेज १४५ पैसा पर्ने गरी सरकारले मूल्य तोकेको भन्दै कान्तिपुर स्टेशनरीका संचालक किशोर भट्टराई भन्नुहुन्छ ‘गएको वर्ष कक्षा एकको कम्प्युटर किताबको मूल्य १५० रुपैयाँ थियो तर अहिले ५८ रुपैयाँ परेको छ ।’
Leave a Reply