
काठमाडौं राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइएको कक्षा १२ को पोल्टिकल साइन्स विषयमा सोधिएको एउटा प्रश्नको विषय अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।परीक्षा बोर्डले तयार पारेको प्रश्नपत्र नम्बर ६ मा सोधिएको प्रश्नमा, ‘नेकपा एमालेको भूमिकाबारे चर्चा गर्नुहोस्, अथवा नेपाली कांग्रेसको भूमिकाबारे चर्चा गर्नुहोस् भन्ने प्रश्न समेटिएको छ।महत्वपूर्ण मानिएको कक्षा १२ को प्रश्नमा दलको भूमिकाबारे लेख्नुहोस् भनिएपनि के भूमिका, कुन भूमिका र कस्तो भूमिका भन्ने खुलाइएको छैन । कुनै दललाई तोकेर भूमिका लेख्नुहोस् भन्ने प्रश्नले परीक्षार्थीमाथि त अन्याय भएको छ नै ।
सँगै प्रश्नपत्र तयारीमा समेत राजनीतिक दलको प्रभाव रहेको प्रष्ट देखिन्छ ।यही प्रश्नको विषयलाई लिएर अहिले सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी भइरहेका छन् । कतिपयले पार्टी कार्यकर्ता जस्तै व्यक्तिले प्रश्न गर्दा यस्तो हुन गएको भन्दै परीक्षा बोर्डप्रति चर्को आक्रोश व्यक्त गरेका छन्।उच्च माध्यमिक शिक्षा परिषदले प्रश्न तयार गर्दा सैद्धान्तिक विषयलाई बिर्सिएर पार्टी विशेष प्रश्न बनाएको भन्दै आक्रोश व्यक्त गर्ने पनि धेरै छन्। उक्त प्रश्नले आम शिक्षा प्रणालीमाथि नै व्यङ्ग्य गरेको देखिन्छ ।
Leave a Reply