ADVS here

अस्थायी शिक्षकले शिक्षा विभाग र शिक्षा सेवा आयोग घेर्ने

ADVS here

काठमाडौं, बैशाख १७ – अस्थायी शिक्षक केन्द्रिय संघर्ष समितिले एक हप्ते आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । आइतबार रिपोर्टर्स क्बल नेपालमा समितिले पत्रकार सम्मेलन गरेर सबै अस्थायी शिक्षकहरूलाई स्थायी गर्नुपर्ने, आइएलओ सन्धी कार्यान्वयन गर्नुपर्ने, विभेदकारी ऐन खारेज गर्नुपर्ने लगायतका मागहरूसँगै शिक्षा विभाग र शिक्षा सेवा आयोग घेर्नेसम्मका कार्यक्रम सार्वजनिक गरेको छ । आन्दोलन घोषणाको लागि आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै समितिका अध्यक्ष हेम चौलागाँईले सरकारले तत्काल आफ्ना मागहरू सम्बोधन नगरे आन्दोलनले उग्र रुप लिने चेतावनी समेत दिएनुभयो । अस्थायी शिक्षकहरूको हितका लागि आफूहरुको अन्तिम आन्दोलन भएको बताउँदै उहाँले भन्नुभयो ‘सरकारसँग वार्ता गर्न हामी जाँदैनौँ, शिक्षामन्त्रीले हाम्रा कुरा सुन्नुभएन, अब हामी सडकमा आइसकेका छौँ, अब सरकार सडकमा आएर वार्ता र संवाद गर्न बाध्य हुनेछ, हामी त्यो वातावरण निमार्णको लागि जुटिरहेका छौँ ।’उहाँले आफूहरूले पटक/पटक गरी धेरै चोटी सरकारले तोकेको मापदण्ड पूरा गर्दापनि अयोग्य र अस्थायी जस्तो विल्ला भिराएर चरित्र हत्या गर्न खोजेको आरोप लगाउनुभयो ।  समितिले वैशाख १८ गते प्लेकार्ड सहितको आन्दोलन, १९ र २० गते देश भरका सामुदायिक विद्यालय बन्द गरी जिल्ला शिक्षा कार्यलयमा तालाबन्दी गर्ने, वैशाख २१ शिक्षा विभागमा धर्ना दिने र वैशाख २२ गते शिक्षा सेवा आयोगमा धर्ना गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

ads5

ADVS here

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*