ADVS here

चुनावमा टिकट निश्चित भएपछि रसुवाका तीन शिक्षकले दिए राजीनामा

ADVS here

रसुवा, वैशाख १४– स्थानीय तहको चुनावका लागि टिकट पाउने निश्चित भएपछि रसुवाका तीन शिक्षकले राजीनामा दिएका छन् । चुनावमा गाउँपालिकाको प्रमुख र वडा प्रमुखमा चुनावमा लड्नका लागि वैशाख ३ गते यता तीन शिक्षकले राजीनामा दिएको सहायक जिल्ला शिक्षा अधिकारी भाष्कर गौतमले बताउनुभयो । राजीनामा दिनेमा एक जना अस्थायी र दुई जना स्थायी शिक्षक रहेका छन् ।  जिल्ला शिक्षा कार्यालय रसुवाका अनुसार राजीनामा दिनेहरुमा नेपाल राष्ट्रिय निमावि टिमुरेका प्राथमिक शिक्षक कामीनुर्पु तामाङ, झ्याङलाङ प्रावि धैबुङका प्रध्यानाध्यापक अर्जुन देवकोटा, शिवालय निमावि लहरेपौवाका प्राथमिक शिक्षक पुर्शोतम पौडेल रहेका छन् ।

ads5

ADVS here

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*