ADVS here

चर्को शुल्क लिने ५३ विद्यालयमा विद्यार्थी संगठनले ताला ठोके

ADVS here

काठमाडौं, वैशाख १३ – नियम विपरित बढाएको शुल्क फिर्ता नलिएको भन्दै संयुक्त विद्यार्थी संगठनले बुधबार काठमाडौैंका ५३ वटा विद्यालयका लेखा र प्रशासन शाखामा तालावन्दी गरेका छन् । सरकारले तोकेको भन्दा धेरै शुल्क लिएको र सर्वोच्च अदालतको आदेश विपरित शुल्क बढाएको भन्दै सबै ठूला दल निकट विद्यार्थी एकजुट भएर तालाबन्दी गरेका हुन् । उनीहरुले मंगलबार जिल्ला शिक्षा कार्यालय घेराउ गरेका थिए । लेखा र प्रशासनमा तालाबन्दी गरेपनि पठनपाठन भने नरोकिने अखिल क्रान्तिकारीका उपाध्यक्ष रञ्जित तामाङले जानकारी दिनुभयो । अनेरास्ववियुका सचिव आरसी लामिछानेले विद्यार्थी संगठनले निम्न विद्यालयमा तालाबन्दी गरिएको भन्दै  फेसबुकमार्फत जानकारी दिनुभएको छ ।

ads5

ADVS here

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*