ADVS here
Headline News

चुनाव लड्न धमाधम राजीनामा दिँदै शिक्षक

ADVS here

१० बैशाख, ओखलढुंगा ।स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न जिल्लाका शिक्षकहरुले धमाधम राजीनामा दिन थालेका छन् । १० जना शिक्षकले जिल्ला शिक्षा कार्यालयमा राजीनामा बुझाइसकेका छन् ।राजीनामा दिनेहरुमा एमाले निकट शिक्षक संगठनका अध्यक्ष विशाल पौडेल र सदस्य हरि घिमिरे छन् । पौडेलले वडाध्यक्ष र घिमिरेले चम्पादेवी गाउँपालिकाको अध्यक्षको टिकट पाउने भएपछि राजीनामा दिएका हुन् । पार्टीको आग्रहमा आफूले राजीनामा दिएको पौडेलले बताए ।त्यस्तै स्थानीय चुनाव लड्न शिक्षक संघका तीर्थ घिमिरले राजीनामा दिएका छन् । उनी सिद्धिचरण नपाको १ नं वडामा अध्यक्ष लड्दैछन् ।माम्खाका लोकबहादुर राई, मूलखर्कमा मोहन तामाङ, बलखुमा केशव लुइटेलले राजीनामा दिएका छन् । माओवादी केन्द्र निकटका देवराज श्रेष्ठ र धनश्याम दाहालले पनि राजीनामा दिएका छन् । पार्टीले वडा अध्यक्षको उम्मेदवार बनाउने भएपछि राजीनामा गरेर चुनाव प्रचारमा लागेका छन् ।

जागिरे नेताविरुद्ध विद्रोह १

त्यस्तै शिक्षक संघका वेदबहादुर रोक्काले खिजीदेम्वा गाउँपालिका प्रमुखको टिकट पाउने भएपछि राजीनामा दिने तयारी गरेका छन् । राजीनामा दिने शिक्षकहरुमा कांग्रेस निकटका धेरै छन् ।पार्टीमा क्रियाशिल कार्यकर्ताहरुले भने जागिरेहरुलाई टिकट दिन नहुनेमा पार्टी नेतृत्वलाई दबाव दिइरहेका छन् ।उर्जावान् समय पार्टीमा लगानी गरेकालाई पन्छाएर जागिरेहरुलाई टिकट दिए विद्रोह हुने खिजीदेम्वा गाउँ पालिकाका एक काँग्रेस नेताले बताए । उनले कांग्रेसमा सयौं योग्य नेताहरु भए पनि जागिरेलाई टिकट दिए सक्रिय कार्यकर्ताहरुले विद्रोह गर्ने बताए ।

ads5

ADVS here

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*