ADVS here

कोरियन भाषा परीक्षाका लागि २६ वटा केन्द्र प्रस्ताव, यसपाली पोखरामा परीक्षा नहुने

ADVS here

काठमाडौं, वैशाख ७ – इपिएस कोरिया शाखाले आठौं कोरियन भाषा परीक्षाका लागि २६ वटा परीक्षा केन्द्र प्रस्ताव गरेको छ ।
मानव संसाधन विकास (एचआरडी) कोरियामा प्रस्तावित परीक्षा केन्द्रको नामावली पठाइएको शाखाले जनाएको छ । शाखाले बाग्मती बोर्डिङ स्कुल सुकेधारा, एलआरआइ उच्च मावि कलंकी, एनके सिंह मेमोरियल इपिएस स्कुल मिनभवन, भिएस निकेतन स्कुल मिनभवन, लेब्रोटरी उच्च मावि किर्तिपुर, गोल्डेनगेट इन्टरनेशनल कलेज बत्तिसपुतली, हिमालय उच्च मावि तथा कलेज कोटेश्वर, हिमालयन ह्वाइट हाउस कलेज तिनकुने, नोवेल कलेज वानेश्वर, किष्ट कलेज कमलपोखरी, रेगन कलेज सामाखुशी, टाइम्स इन्टरनेशनल कलेज डिल्लिबजार, ट्रिनिटी इन्टरनेशनल कलेज डिल्लिबजारलाई परीक्षा केन्द्रका रुपमा प्रस्ताव गरेको छ ।

यस्तै, युनिभर्सल कलेज मैतिदेवी, भिएस निकेतन कलेज तिनकुने, जेभियर इन्टरनेशनल कलेज कालोपुल, जेभियर इन्टरनेशनल स्कुल बौद्ध, रेडियन्ट स्कुल सानेपा, जेम्स उच्च मावि धापाखेल, लिटिल एन्जल्स स्कुल हात्तिवन, मोलिस कलेज कुमारीपाटी, क्यास्पियन भ्याली कलेज कुमारीपाटी, आइडियल मोडल स्कुल धोविघाट, लिटिल एन्जल्स कलेज हात्तिवन, पिनाकल एकेडेमी लगनखेल, एसियन इस्टिच्युट अफ टेक्नोलोजी म्यानेजमेन्ट खुमलटार प्रस्तावित परीक्षा केन्द्र रहेका छन् ।
आउँदो जेठ २७ र २८ गते हुने भाषा परीक्षाका लागि केन्द्र प्रस्ताव भएपनि सिट प्लान भने एचआरडी कोरियाले तय गर्ने शाखाका अधिकृत शोभाकर भण्डारीले बताउनुभयो । शाखाले परीक्षा एकै दिन दुई सिफ्टमा सञ्चालन गर्ने तयारी गरेको छ ।
पोखरामा परीक्षा नहुने:
यसपाली पोखरामा भाषा परीक्षा सञ्चालन नगरिने भएको छ ।
अघिल्ला वर्षहरुमा काठमाडौं सँगै पोखरामा पनि परीक्षा सञ्चालन गरिन्थ्यो । यसपटक अनलाइनबाट परीक्षाका लागि आवेदन लिइएको र कसले कुन ठाउँबाट फारम भरे भन्ने यकिन नभएकाले पोखरामा लिइने परीक्षा स्थगित गरिएको अधिकृत भण्डारीले बताउनु भयो ।
अर्को वर्ष भने पोखरामा पनि परीक्षा गर्ने गरी तयारी गरिएको छ । परिक्षार्थीले आवेदन दिँदै परीक्षा केन्द्र काठमाडौं वा पोखरा रोज्न सक्ने छन् । त्यसका लागि सफ्टवेयर बनाउने प्रक्रिया अघि बढिसकेको भण्डारीले जानकारी दिनुभयो ।

ads5

ADVS here

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*