ADVS here

शिक्षा र फुटबल संगै लैजानु पर्छ –नेपाली फुटबल टिमका कप्तान विराज

ADVS here

पोखरा, २ बैशाख /नेपाली फुटबल टिमका कप्तान विराज महर्जनले शिक्षा र फुटबललाई संग संगै लैजानु पर्ने बताएका छन् । पोखराको मालेपाटन युथ एकेडेमी अवलोकन गर्दै उनले भने– एउटा व्यवसायीक फुटबल खेलाडी बन्नका लागि शिक्षा महत्वपुर्ण रहन्छ ।टिम कप्तान विराजले एक खेलाडीमा दुई कुरा महत्वपुर्ण रहने कुरा लाई जोड दिंदै अनुशासान र प्रतिवद्धता लाई सवै खेलाडीले आत्मसाथ गर्दै सम्मान गर्नु पर्ने बताए । उनले एकाडेमीमा रहेका बाल बालवालिका लाई नयाँ वर्षको शुभकामना समेत प्रदान गरे । मालेपाटन क्लव र मधु प्रतिष्ठान द्वारा आयोजित कार्यक्रममा मधु प्रतिष्ठानले पोखरा ११ का खेलाडी विष्णु गुरुङ्गलाई ५० हजार नगद प्रदान ग¥यो ।गुरुङ्गले उक्त एकेडेमी संचालनमा ल्याएका हुन । उक्त रकम उनले एकेडेमीमा रहेका बालवालिका लागि खेलकुद सामाग्रीका लागि खर्च गर्ने बताए । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष प्रगेश कायस्थले बालबालिकाको हित र खेलकुद विकासका लागि मिलेर कार्य गर्ने बताए ।

ads5

ADVS here

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*