
पोखरा चैत्र २६, नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियन कास्कीले नव वर्ष २०७४ सालको पुर्व सन्ध्याको अवसर पारी एक भव्य समारोहका विच शुभकामना आदान प्रदान तथा स्वागत कार्यक्रम सम्पन्न गरेको हो । सामुदायिक माध्यमिक विद्यालयहरु साविक उच्च माध्यमिक विद्यालय कक्षा ११ र १२ मा अध्यापनरत शिक्षकहरुको एक मात्र छाता संगठन नेपाल सामुदाियक उच्च माध्यमिक शिक्षक युनियन कास्कीले कक्षा ११ र १२ मा अध्यापनरत सम्पुर्ण शिक्षकहरु र सम्बन्धित विभिन्न शिक्षक संगठनका सदस्यहरु विच शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गर्नुका साथै सोहि अवसर पारी कास्की जिल्ला शिक्षा अधिकारीको रुपमा भरखर पदभार ग्रहण गर्नुभएका नन्दलाल पौडेललाई कास्कीमा स्वागत गरेको छ । कास्की जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलको प्रमुख आथित्यता रहेको उक्त कार्यक्रमको विशिष्ठ अतिथिको रुपमा सोहि युनियनका केन्द्रिय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख तारा प्रसाद पोखरेल रहेका थिए भने अन्य अतिथिहरुमा शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष दिपक पौडेल, शिक्षक संगठन कास्कीका अध्यक्ष राम प्रसाद पोखरेल, शिक्षक युनियन कास्कीका निवर्तमान अध्यक्ष जगन्नाथ अधिकारी, सल्लाहकारहरु, पदम प्रसाद दवाडी, वेद प्रसाद वस्ती, काली प्रसाद रिजाल, पुनम राणा वस्नेत, विद्यालय निरिक्षक इन्द्र वहादुर थापा, रािष्ट्रय शिक्षक परीषद कास्कीका अध्यक्ष कृष्ण प्रसाद अधिकारी लगाएत रहेको युनियनका सचिव देवराज शर्माले जानरकारी दिनुभयो । परिवर्तित राज्यको नया संरचना संगै शैक्षिक क्षेत्रको समुचित व्यवस्थापन कार्य अलि जटिल बनिरहेको वर्तमान सन्दर्भ अनि २०४९ सालदेखि हजारौ विद्यार्थिहरुको भविष्य निर्माणमा क्रियाशिल कक्षा ११ र १२ मा अध्यापनरत शिक्षकहरुको योगदान साच्चिकै अमुल्य रहेको र यसमा राज्यले सो योगदानको कदर गर्न नसकेको हुँदा शिक्षक साथिहरुलाई हित हुने गरि कास्की जिल्लामा सहयोगी भुमिका खेल्ने प्रतिवद्धता जानउदै जिशिअ पौडेलले राष्ट्रिय राजनिति स्वार्थ केन्द्रित बनेको र समग्र शैक्षिक मुद्दामा राजनितिक दलको अदुरदर्शिताको कारण अहिलेको अवस्था सृजना भएको हुँदा सवै पक्षको ध्यानकर्षण गराउन आफु पनि लाग्ने र त्यसमा सवैको ध्यान केन्द्रित गराई लाग्न सवैलाई अनुरोध समेत गरेका थिए ।
Leave a Reply