ADVS here

एसइई परीक्षा दिएको विद्यार्थीले ३ सयमा नै चन्द्रागिरी केवलकार चढ्न पाउने:

ADVS here

काठमाडौैं, चैत २०  माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई दिएका विद्यार्थीले चन्द्रागिरी केवलकारमा छुट पाउने भएका छ । चन्द्रागिरी हिल्स लिमिटेडले शुक्रबार एक विज्ञप्ति निकालेर एसइई परीक्षा दिएका विद्यार्थीले ३ सय रुपैयाँमा केवलकार चढ्न पाउने जानकारी दिएको हो । यो छुट सुविधा चैत मासन्तसम्म कायम रहने छ । छुट नपाउनेहरुले भने चन्द्रागिरी केवलकारको टिकटको ७ सय रुपैयाँ तिर्नु पर्ने छ ।

छुट सुविधा लिनका लागि परीक्षार्थीहरुले परीक्षाको प्रवेश पत्र अनिवार्य रुपमा साथमा ल्याउनु पर्ने र छुट अन्तर्गतको टिकट कम्पनीको थानकोटस्थित टिकट काउन्टरमा मात्र उपलब्ध हुने चन्द्रगिरी हिल्स लिमिटेडले जनाएको छ । यो छुट सुविधा लिने परीक्षार्थीहरुले अन्य छुट पाउने छैनन् ।ऐतिहासिक, धार्मिक तथापर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरी डाँडामा चन्द्रगिारी हिल्स लिमिटेडले कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेकोछ ।

ads5

ADVS here

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*