पोखरा चैत्र, २०,राष्ट्रिय शिक्षक सिप विकास फाउण्डेशन (एनफोण्र्ड) कास्कीको आयोजना एवं थेऔला फाउण्डेशन तथा के.पी.जेठ यूनिभर्सिटी नेदरल्याण्डको प्राविधिक सहयोगमा शिक्षक सिप विकास तालिम आयोजना गरिने भएको छ ।
कास्की जिल्लाका गौरिशंकर मनिलाल मा.वि., ल्वाङघलेल, ताराकुञ्ज सेकेण्डरी स्कुल पाटनवेंसी, भाष्कर मेमोरियल स्कुल, फुलबारी, बालप्रभात बोर्डिङ्ग स्कुल, न्यूरोड र केफ मा.वि. सिम्पानी तथा अन्य पाँच विद्यालय गरि दश विद्यालयका ४० शिक्षकहरु तालिममा सहभागी हुने तालिम संयोजक प्रेम बहादुर कुँवरले बताउनु भयो । आगामी वैशाख २ देखि ७ गते सम्म भाष्कर मेमोरियल स्कुल फुलबारीमा सम्पन्न हुने तालिममा के.पी जेड यूनिर्सिटीका प्रोफेसर द्वय बर्ट ठोले र लोयस ब्याकरले सहजीकरण गर्ने एन्फोष्र्ड कास्कीका अध्यक्ष शालिकराम अधिकारीले जानकारी गराउनु भयो । “तिम्रो कामको शुरुवात नै उत्प्रेरणा हो” भन्ने तथ्यमा आधारित तालिममा प्रतिष्पर्धा , स्वायत्तता र सम्बन्ध, उत्प्रेरका र संजाय, पाठ योजना, प्रभावकारी शैक्षिक आनिवानीका विषयमा तालिम संचालन हुनेछ । यस खालका तालिमहरु विगत ६ बर्ष देखि निरन्तर तालिम आयोजना गरिएको र दुइसय भन्दा बढी शिक्षकहरु लाभान्वीत भएको भाष्कर मेमोरियल स्कुलका प्राचार्य विश्वराज बास्तोलाले बताउनु भयो ।
Leave a Reply