ADVS here

कोरिया जान साढे ७५ हजार बढीको आवेदन, कृषितर्फ धेरैको आकर्षण

ADVS here

१९ चैत, काठमाडौं । दक्षिण कोरियामा रोजगारीका लागि ७५ हजार ६ सयभन्दा बढी युवाले आवेदन दिएका छन् । कोरियाले यो पटक १० हजार २ सय नेपालीलाई लैजानेछ ।तर, आगामी जेठ २७ र २८ गते सञ्चालन हुने भाषा परीक्षामा सामेल हुन साढे ७५ हजार बढीको आवेदन परेको छ ।अहिले आवेदन रुजु गर्ने काम भइरहेको इपीएस कोरिया शाखाले जनाएको छ ।

गत वर्ष ३५ हजारका लागि संख्या ६० हजार परीक्षार्थी सहभागी भएका । तर, यो पटक कोटा बढेका कारण पनि धेरैको आवेदन परेको छ ।‘गतवर्षभन्दा यो वर्ष १५ हजार बढीको आवेदन परेको छ’ इपीएस कोरिया शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले भने ।यसपटक अनलाइनमार्फत आवेदन लिइएको थियो ।कोरिया जानका लागि उत्पादनमूलक समूहमा २४ हजार ३८७ जनाले आवेदन दिएका छन् भने कृषि समूहमा ५१ हजार २२० जनको आवेदन परेको भण्डारीले बताए ।


विवरण सच्याउन पाइने
यो वर्ष परीक्षा दिनेमध्येबाट कृषितर्फ ६ हजार २ सय र उत्पादनमूलक क्षेत्रतर्फ ४ हजार कामदार उर्त्तीण हुनेछन् ।उनले चैत २०देखि अनलाइन आवेदनमा कुनै गल्ति भए सच्याउन सकिने गरी २५ गतेसम्म सुनुवाईको ब्यवस्था गरिएको बताए ।

‘अनलाइन आवेदन दिँदा कुनै विवरण गल्ती भएको भए फोनमार्फत नै सच्याउन सकिनेछ ‘ उनले भने, ‘एमहापी र फोटो एट्याच गर्न छुटेको भए हाम्रो ग्वार्कोसिथ्त कार्यालयमा आएर बुझाउन सकिनेछ ।’उनले ५ दिनसम्म टेलिफोन नम्बर ०१(५१८६३४९ मा कल गरेर आवदेकको विवरण सच्याउन सकिने बताए ।

ads5

ADVS here

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*