ADVS here

पोहोर भन्दा १० हजार बढीले कोरियन भाषा परीक्षाका लागि आवेदन दिए

ADVS here

काठमाडौं, चैत १८ – आठौं कोरियन भाषा परीक्षाका लागि ७१ हजार छ सय २५ जनाले आवेदन दिएका छन् । आवेदन दिनेको संख्या अघिल्लो वर्षभन्दा १० हजार भन्दा धेरै हो । सन् २०१७ मा भएको भाषा परीक्षाका लागि झण्डै ६१ हजार जनाले आवेदन दिएका थिए ।

यो वर्ष हुने भाषा परीक्षाका लागि कृषि तथा पशुपालन क्षेत्रमा आवेदन दिनेको संख्या धेरै छ । उत्पादनमुलक क्षेत्रमा २२ हजार छ सय ६१ जनाले आवेदन दिएका छन् । आवेदन दिने म्याद शुक्रबार राती १२ बजेसम्म भएकाले यो संख्या बढ्न सक्ने इपिएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिनुभयो । सन् २०१८ मा कोरियाले उत्पादनमुलक क्षेत्रमा चार हजार र कृषि तथा पशुपालन क्षेत्रमा ६ हजार दुई सय नेपाली कामदार लैजाने घोषणा गरेको छ । आउँदो जेठ २७ र २८ गते हुने आठौं कोरियन भाषा परीक्षाका लागि पहिलो पटक अनलाइन मार्फत आवेदन लिइएको हो ।

ads5

ADVS here

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*