ADVS here

कृषि क्रान्तिमा स्नातक पास गरेका युवा, पाए पनि जागिर नखाने

ADVS here

काठमाडाैं, चैत १८ – हजारौँ युवा वर्षेनी बेरोजगार भएको बहानामा विदेश पलायन भइरहेकै अवस्थामा पाछाबाङ ८ रोल्पाका २६ वर्षीय देवकुमार वलीले भने बरु स्वदेशमै कृषि कर्ममा लाग्ने तर जागिर पाएपनि नखाने बताउनु भएको छ ।

 

“पढ्नु भनेको चरित्र निर्माण गर्नु हो त्यसैले समयले साथ दियो भने स्नात्तकोत्तर पूरा गर्ने रहर छ, तर अब योग्यता सुहाउँदो जागिर पाएपनि खाँदिन, बरु कृषि क्रान्ति गर्छु”, उहाँले भन्नुभयो । वलीले चार वर्षदेखि जिल्लामै सबैभन्दा बढी झण्डै चारसय ५० बोट कागती खेती र दुई सय ६० बोट अनार खेती गर्दै आउनु भएको छ भने मौरीपालन ब्यवसायमा पनि उहाँ जिल्लामै अग्रस्थानमा हुनुहुन्छ । “पहिलो वर्ष भएको हुँदा गत वर्ष कागतीबाट झण्डै २० हजार मात्र आम्दानी भयो । यस वर्ष फूल खेल्दैछ फल लाग्ने क्रम जारी छ । “प्रत्येक वर्ष यसरी नै बिरुवा थप्दै गएर कागती खेतीबाट वार्षिक १० लाख कमाउने सोच छ”, उहाँले भन्नुभयो । बाउबाजेको पालादेखि २० देखि ३५ घार मुढे मौरीपालन व्यवसाय सञ्चालन गर्दै आएको भएपनि मौरीपालन व्यवसाय निर्वाहमुखी मात्र बनेको थियो तर यस वर्षदेखि सञ्चालन गरेको आधुनिक मौरीपालन व्यवसायबाट मात्र मासिक २० हजार देखि ३० हजार आम्दानी भयो । त्यसैले अब नयाँ प्रविधिको विकाससँगै नयाँ ज्ञान, नयाँ सोच र नयाँ चिन्तनबाट व्यवसाय सञ्चालन गरे उपलब्धिमूलक बन्ने उहाँको आशा छ । त्यसैले आफ्नो ब्यवसायलाई आधुनिकीकरण गर्दैै जाने उहाँले बताउनुभयो ।

ads5

ADVS here

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*