ADVS here

अष्ट्रेलियाको एसेसमेन्ट लेभलमा नेपाल दोस्रो तहमै रहन सफल

ADVS here

१८ चैत, काठमाडौं । नेपाली बिद्यार्थीको अध्ययनको प्रमुख गन्तब्य अष्ट्रेलियाले आफ्नो देशमा पढ्न आउने बिद्यार्थीको देश तथा बिश्वबिद्यालयहरुको एसेसमेन्ट लेभल हेरेफेरमा नेपाल दोस्रो तहमै रहन सफल भएको छ ।अष्ट्रेलियाको अध्यागमन र सीमा सुरक्षा बिभागले शुक्रबार अद्याबधिक गरेको नतिजाअनुसार नेपाल साविकको दोस्रो स्थानमै रहन सफल भएको नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए ।‘यो नतिजा सार्वजनिक रुपमा प्रकाशन हुँदैन, तर, हामीलाई दिइएका टुलमार्फत् चेक गर्दा नेपाल दोस्रो स्थानमै रहन सफल भएको देखियो ।’ पाण्डेले भने ।अर्थात् नेपाली बिद्यार्थीहरुले अब लेभल एक र लेभल दुईमा रहेका अष्ट्रेलियाका बिश्वबिद्यालय तथा कलेजमा आबेदन गर्दा पहिले अष्ट्रेलियन हाइकमिसन समक्ष बित्तिय बिबरण ९फाइनान्सियल डकुमेन्ट पेश गर्नु पर्दैन् ।पछिल्ला बर्षहरुमा अष्ट्रेलिया पुगेका नेपाली बिद्यार्थीहरुले कलेज र कोर्स परिवर्तन गर्ने प्रबृत्ति बढेका कारण कतै नेपाल तेस्रो लेभलमा झर्ने हो कि भन्ने चिन्ता शैक्षिक परामर्श ब्यबसायीहरुको थियो ।


यदि नेपाल लेभल ३ मा झरेको भए लेभल एक र दुई मा भएका शैक्षिक संस्थामा अप्लाई गर्दा पहिले नै बित्तिय बिबरणहरु पेश गर्नुपर्ने हुन्थ्यो । जसले गर्दा नेपाली बिद्यार्थीको भिषा अस्वीकृत हुने र जोखिम बढ्ने सम्भावना हुन्थ्यो ।२०१६ को जुलाई १ बाट ल्याएको नयाँ नियममा अष्ट्रेलियाले आफ्नो देशका शैक्षिक संस्था र ती संस्थामा पढ्ने बिद्यार्थीको देशको तह निर्धारण गरेको थियो । नेपाल सुरुमै लेभल दुईमा पर्न सफल भएको थियो भने छिमेकी मुलुक भारत र बंगलादेश लेभल तीनमा परेका थिए । अद्याबधिक गरिएको नयाँ एसेसमेन्टमा समेत भारत लेभल तीनमै रहेको छ ।‘लेभल ३ मा झरेको भए नेपालको इमेज पनि राम्रो हुने थिएन, बिद्यार्थीलाई पनि बित्तिय कागजात पेश गर्नुपर्ने अनिवार्य हुन्थ्यो’ नायर(नेप्लिज एसोसिएसन अफ अष्ट्रेलियन एजुकेसन रेप्रेजेन्टटिभ९नायर०का अध्यक्ष एसके श्रेष्ठले भने(‘दुइमै रहँदा अष्ट्रेलिया सरकार र त्यहाँका शैक्षिक संस्थाले नेपाल र नेपाली बिद्यार्थीलाई हेर्ने दृष्टिकोण राम्रो हुन्छ ।’
पछिल्ला दुई बर्षमा नेपालबाट बाषिर्क झण्डै ७ हजारको हाराहारीमा बिद्यार्थी अष्ट्रेलिया अध्ययनका लागि गएका छन् ।

ads5

ADVS here

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*