ADVS here

प्रहरी स्कुलमा पढाएको एक्लो छोराको स्कुलकै हाताभित्र ज्यान गयो,घटनाबारे छानविन गर्न एसपीको नेतृत्वमा टोली गठन:

घटनाबारे छानविन गर्न एसपीको नेतृत्वमा टोली गठन

ADVS here

१७ चैत, काठमाडौं । महानगरीय प्रहरीको मातहतमा सञ्चालित रानीबारीस्थित प्रहरी स्कुलमा एक विद्यार्थी मृत भेटिएका छन् । कक्षा ८ को परीक्षा दिएर विदामा बसेका १४ वर्षीय कुन्दन थापाको शव विद्यालयको प्राङगणमा भेटिएको हो । विद्यालय प्रशासनले थापाको मृत्युको दोष फेसबुकलाई दिएको छ । ८ कक्षामा पढ्ने कलिलो विद्यार्थीले ७ कक्षाकी एक वालिकाका नाममा नक्कली फेसबुक आइडी बनाएर अश्लील तस्वीरहरु राखेको विद्यालय प्रशासनको दाबी छ ।

तर, मृतकका आफन्तले भने विद्यालय व्यवस्थापनको अनुचित व्यवहारका कारण कुन्दनको ज्यान गएको गुनासो गरेका छन् । नेपाल प्रहरीले यसबारे अनुसन्धान गरी दोषीलाई कारवाही गरिने बताएको छ । घटनाबारे छानविन गर्न एसपीको नेतृत्वमा टोली गठन भएको छ ।

बुधबार विदाका दिन मृत फेला परेका कुन्दनले तीन तला माथिबाट हाम्फालेर आत्महत्या गरेको विद्यालय प्रशासनको भनाइ छ ।

करिब ८ सय विद्यार्थीहरु अध्ययनरत सो विद्यालयमा अधिकांश प्रहरीकै छोराछोरी अध्ययनरत छन् । विद्यालयमा ३२ जना शिक्षक र ४५ जना प्रहरी कर्मचारी कार्यरत छन् ।

अविभावकको प्रश्नः विदाको दिन एक्लै राखेर किन यातना दिइयो ?

प्रहरी स्कुलमा पढाएको एक्लो छोराको स्कुलकै हाताभित्र ज्यान गएपछि भाव विह्वल बनेकी छिन् कुन्दनकी आमा गौमती थापा ।
परीक्षा दिएर विदामा बसेको अवस्थामा विद्यालयले आफ्नो छोरालाई किन अविभावकविना बोलाएको भन्दै गौमतीले आक्रोश पोखिन् ।

‘तपाईहरु जिम्मेवार मान्छे, यत्रो विद्यालय चलाएर बस्ने, तर १४ वर्षको केटोलाई अभिभावकविना विदाको दिन गाली गर्न बोलाउँदा विद्यार्थीको सुरक्षाको ख्याल आएन ?’ मृतककी आमाले भनिन् ।

घटनाको विरोधमा विहीबार विद्यालयमा पुगेका मृतकका छिमेकी सालिक पौडेलले भने- ‘उसको कुनै गल्ती थियो भने विद्यालयमा छलफल गर्ने अथवा अभिभावकलाई भन्ने तपाईहरुको कुनै नियम छैन ? कि प्रहरीले जे गरे पनि हुन्छ भन्ने ठान्नुहुन्छ ?’

विद्यालय व्यवस्थापन वालमस्तिष्कप्रति संवेदनशील नहुँदा बुधबारको घटना भएको आफन्तहरुको आरोप छ ।

 

ads5

ADVS here

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*