ADVS here

अमेरिकाको सन फ्रान्सिस्कोमा नेपाली बालबालिकालाई नेपाली भाषा सिकाइदै

ADVS here

चैत्र १७, अमेरिका ,अमेरिकाको क्यालिफोर्निया राज्यको सन फ्रान्सिस्को क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका बालबालिकाका लागि नेपाली भाषा सिकाउन थालिएको छ ।अमेरिकामै जन्मिएका दोस्रो पुस्तालाई लक्षित गर्दै क्रिएटिव नेपाल युथ अर्गनाइजेसनको पहलमा यही मार्च २६ देखि नेपाली भाषा सिकाउने पाठशाला नै सञ्चालनमा ल्याइएको छ ।

पाठशालामा हरेक महिनाको दोस्रो तथा चौथो आइतबार दिउँसो एक बजेदेखि तीन बजेसम्म पठनपाठन गराइने संस्थाका महासचिव पुण्य कार्कीले बताए । सो स्थानमा भाषा कक्षा खुलेपछि अब अल्बनी, एल सिरितो, रिचमण्ड ओकलेण्ड र पिनोलमा बस्ने नेपाली समुदायका विद्यार्थीलाई भाषा सिक्न सहज भएको छ ।पहिलो दिनको कक्षामा तीन वर्षदेखि १३ वर्ष उमेरसम्मका ४५ जना विद्यार्थी सहभागी थिए । विद्यार्थीलाई संस्थाका तर्फबाट सुवास थापाले स्वागत गरेकी थिइन् भने शिक्षिका शोभा राईले नेपाली भाषा कक्षाको सुरुवात गरेकी थिइन् ।सो दिन विद्यार्थीलाई क(ख(ग को प्रारम्भिक ज्ञान, कथा वाचन, बालबालिकाको प्रतिभा प्रस्तुतिका साथै अभिभावक भेटघाट कार्यक्रम समेत गरिएको संस्थाले जनाएको छ ।

ads5

ADVS here

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*