ADVS here

बैतडीमा नचिनेका मानिसको समूहद्वारा विद्यालयमा आगजनी

ADVS here

चैत १६ – बैतडीमा नचिनेका मानिसको समूहले विद्यालयमा आगजनी गर्दा चारवटा कोठा जलेर नष्ट भएका छन् । पुरचौडी नगरपालिका–१० विजयपुर स्थित रौलेश्वर माविमा नचिनेका मानिसको समूहले मंगलबार राति आगजनी गरेको हो ।आगजनी गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट विद्यालयको ५ कोठे भवनको चारवटा कोठा जलेर पूर्ण रुपमा नष्ट भएको पुरघाट प्रहरीचौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक मानबहादुर बोहराले बताउनुभयो । आगजनीबाट विद्यालयको कार्यालयका सबै कागजात पनि जलेर नष्ट भएका छन् ।आगजनी गरेको ठाउँमा गुड भिजन पार्टी भारत नामको पर्चा भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक कमल बिष्टले जानकारी दिए ।गुड भिजन पार्टी भारत नामको पर्चामा विद्यालयका प्रधानाध्यापक पदमबहादुर बिष्टले अनियमितता गरेको, शिक्षकलाई अन्य काममा लगाएको, विद्यालयको पढाईमा ध्यान नदिएको लगायतका आरोप लगाइएको प्रहरी निरीक्षक बिष्टले बताउनुभयो ।

ads5

ADVS here

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*