ADVS here

कावासोतीमा प्रथम अन्तर्राष्ट्रिय प्रकृति कला उत्सव

ADVS here

नवलपरासी, चैत १०
नवलपुरको कावासोतीमा दुई दिने प्रथम अन्तर्राष्ट्रिय प्रकृति कला उत्सव भएको  छ ।  बुधबारदेखि चलेको उत्सवमा १० हजार जनाले अवलोकन गरेका छन्  । उत्सवमा नेपालसहित भारत, बंगलादेश र जर्मनीका कलाकारहरु सहभागी छन्  । अमरापुरीस्थित नारायणी नदी किनारमा रहेको रेड हाउस जंगल रिसोर्टमा चार दिनदेखि बसेर उनीहरुले चितवन राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र यहाँका रहनसहनका बिषयमा चित्र ९आर्ट० कोरेका छन्  ।  त्यसरी कोरिएका चित्रहरुलाई उनीहरुले प्रर्दशनीमा राखेका छन्  ।

प्रकृति प्रेममा आधारित चित्रहरु बढी कोरिएको कलावटी आर्ट काउन्सिका अध्यक्ष भीमप्रसाद शर्माले बताउनुभयो  । नारायणी नदी किनारमा बसोबास गर्ने बासिन्दाको जीवनशैली पनि चित्रमा उतारिएको  छ । चराको बास स्थान पारिस्थितिक प्रणालीका बारेमा चित्रले स्पष्ट सन्देश दिन सकेको मध्यबिन्दु प्रज्ञा प्रतिष्ठानका अध्यक्ष जीवन सापकोटाले  बताउनुभयो  ।यसरी बनाइएका चित्रहरु मध्यबिन्दु बहुमुखी क्याम्पसमा प्रर्दशनीका लागि राखिएको  छ ।
‘रमौं रमाऔं प्रकृतिभित्र, सजाऔं घरघरमा एक एक चित्र’ नाराका साथ भएको यो उत्सव  आर्ट फलदायी भएको ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति रांगिनी उपाध्यायले बताउनुभयो  । प्रर्दशनीमा एक सय ६५ चित्र राखिएको  छ । साथै यसै अवसरमा ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति रांगिनी उपाध्यायलाई सहमति राष्ट्रिय सम्मान  प्रदान गरिएको  छ ।

ads5

ADVS here

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*