
काठमाण्डौं चैत्र ०९ सामुदायिक विद्यालय व्यवस्थापन समितिले विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त बनेका सामुदायिक विद्यालयहरुको पुनःनिर्माण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । वुधवार राधजानीमा पत्रकार सम्मेलन गरी समितिले भूकम्पले विद्यालयहरु भत्किएका कारण अझैपनि १० लाख बालबालिका अस्थायी टहरामा पढ्न बाध्य रहेको जानकारी दिएको हो ।भूकम्पका कारण ३ हजार २ सय ९९ ओटा विद्यालय भवन पूर्णरुपमा भत्केकोमा तिनीहरुको पुनःनिर्माण अझैसम्म नभएको सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण थापाले बताए ।सरकारले अझैपनि बेवास्ता गरे अभिभावकहरु समेतलाई साथमा लिएर आन्दोलन गर्नुको विकल्प नहुने चेतावनी पनि समितिले दिएको छ ।
Leave a Reply