ADVS here

गाउँ छाउपडी गोठ मुक्त, पाल टाँगेर बस्नु पर्ने बाध्यता

ADVS here

बैतडी, चैत ९ – जति नै प्रयास भएपनि जरो गाडेर बसेको छाउपडी प्रथा अझै अन्त्य हुन सकेको छैन । सरकारी तथा विभिन्न गैरसरकारी संस्थाले यसविरुद्ध काम गरिरहेका छन् । तर छाउपडीबाट महिला पीडित हुने क्रममा सुदूरपश्चिममा हटेको छैन । अछाममा छाउपडी प्रथाको अन्त्यका लागि भन्दै सरकारी तथा गैरसरकारी संघसंस्थाले काम गरिरहेका छन् तर प्रतिफल भने शुन्य जस्तै देखिन्छ ।छाउपडी प्रथा अन्त्यका लागी भन्दै गाउँमा रहेका छाउपडी गोठ भत्काइएपछि महिलालाई झनै समस्या भएको दर्ना देबेन्द्रा साउदले बताउनुभयो । छाउ भएको बेलामा घरमै बसेपछि देवता रिसाउँछन्, आगो लाग्छ, विपद आउँछ भन्ने मान्यताका कारण घरभन्दा अलग छाउपडी गोठमा बस्दै आएका महिलाहरुलाई छाउपडी गोठ भत्काउँदा झनै समस्या भएको हो ।

‘छाउ भएपछि घरमा सासुससुराले बस्न दिँदैनन्, नजिकै छाउपडी गोठ छैन, अहिले त पाल टाँगेर बाहिर बस्नु पर्छ’ षोडशादेवी–९ मानमती कडायतले भन्नुभयो ‘पहिले छाउपडी गोठ हुँदा बस्न सजिलो थियो । अहिले त्यही पनि छैन, झनै समस्या भएको छ ।’ देउता रिसाउने भन्दै आफूहरुलाई घरमा बस्न नदिएको उहाँले सुनाउनुभयो । आफूमात्रै नभएर गाउँमा सबै महिलाको अवस्था उस्तै रहेको उहाँको भनाई छ । षोडशादेवी–८ छाउपडी गोठमुक्त घोषणा भएको छ । त्यो वडामा अहिले छाउपडी गोठ छैनन् तर छाउभएको बेला खेतमा पाल टाँगेर बस्नुपर्ने बाध्यता रहेको चन्द्रा खड्काले बताउनुभयो । ४ वर्षको छोरालाई लिएर पुस माघको चिसोमा पनि आफू खेतका पाल टाँगेर बस्नु परेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘अब त बर्खा लाग्ने बेला भयो, छाउगोठ भएको भए ओत लाग्ने ठाउँ हुनेथियो । अब त झनै समस्या पो हुने भयो ।’ यो क्षेत्रमा काम गर्ने संघसंस्थाले स्थानीय बासिन्दालाई सचेत नगराई धमाधम छाउपडी गोठ भत्तकाएले पनि महिलालाइ समस्या भएको स्वास्थ्यकर्मी जनक साउदले बताउनुभयो । अछामका ग्रामीण क्षेत्रमा राम्रोसँग छाउका बारेमा जानकारी गराउन नसकेकाले समस्या भएको उहाँले बताउनुभयो । महिलाले छाउ भएपछि ७ दिनसम्म घर भन्दा अलग बस्नु पर्ने बाध्यता छ ।

स्थानीय तहको नयाँ पुनरंचना अनुसार अछाममा ४ नगरपालिका र ६ वटा गाउँपालिका रहेका छन् । छाउपडी प्रथा अन्त्यको लागि सेवक नेपाल, ग्रामीण जलस्रोत व्यवस्थापन समिति, महिला तथा बालबालिका कार्यालय वल्डभिजन लगायतका संघसंस्थाले काम गरिहेका छन् । तर पनि अवस्था उस्तै छ ।महिला तथा बालबालिका कार्यालय अछामले भने साबिकका ३१ गाविस छाउपडी गोठ मुक्त भइसकेको जनाएको छ ।

ads5

ADVS here

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*