ADVS here

एसइई परीक्षा दिन गएका विद्यार्थी कालीगण्डकीमा पौडी खेल्दा हराए

ADVS here

गुल्मी, चैत ८ – कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा गएको तीन दिनदेखि बेपत्ता बनेका एक विद्यार्थी मंगलबारसम्म भेटिएका छैनन् । सत्यवती गाउँपालिका ठूलो लुम्पेक निवासी १५ वर्षका चेतन सिंजाली हराइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।माध्यामिक शिक्षा परीक्षा एसइई दिन रिडी आएका सिंजाली आइतबार परीक्षा दिएर साथीहरुसँग रिडी स्थित कालीगण्डकीमा पौडी खेल्न थालेका थिए । पौडी खेल्ने क्रममा खोलाले बगाएर उनी बेपत्ता भएका थिए ।  प्रहरी, स्थानीय बासिन्दा र आफन्तहरुले उनको खोजी कार्य जारी राखे पनि तीन दिनसम्म पनि फेला नपरेकोे स्थानीय सुन्दर कसजुले बताउनु भएको छ ।
पानी परेका कारण कालीगण्डकी खोला धमिलो भएका कारण पनि खोजतलासमा समस्या परेको ईलाका प्रहरी कार्यालय रिडीले जनाएको छ ।

ads5

ADVS here

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*