ADVS here

७० वर्षमा एसईई परीक्षा दिँदै मीठू खनाल:

ADVS here

३ चैत, पोखरा  पढ्ने रहरलाई उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण बनेकी छन्, मीठू खनाल । जो ७० वर्षको अमेरमा आजबाट देशभर सञ्चालन भइरहेको एसईई परीक्षामा सहभागी भएकी छन् ।भक्तपुरस्थित महिला आस्था विद्यालयमा पढेकी उनी भक्तपुर सानोठिमीस्थित आदर्श माध्यमिक परीक्षा केन्द्रमा एसईई परीक्षा दिन पुगेकी छन् ।


आजदेखि सुरु भएको परीक्षामा देशभरबाट दुई लाख ५९ हजार सात सय ३२ छात्र र दुई लाख ७८ हजार चार सय ५० छात्रा गरी कुल पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी छन् । परीक्षाका लागि देशभर कुल एक हजार नौ सय २३ केन्द्र  निर्धारण गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको क्षेत्रीय परीक्षा बोर्डबाट हुनुपर्ने परिक्षा बोर्डको संरचना तयार भइ नसक्दा परीक्षा नियन्त्रण कार्यालयले नै परीक्षा लिन लागेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।

ads5

ADVS here

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*