ADVS here

अहिले १० कक्षाको परीक्षा दिएका विद्यार्थीले फेरि एसएलसी दिनुपर्छ ?

अहिले परीक्षा दिएका विद्यार्थीले कक्षा १२ मा कस्तो परीक्षा दिनुपर्ने हो?

ADVS here

पोखरा, चैत्र ३,
यसवर्षको माध्यमिक शिक्षा परीक्षा बिहीबारदेखि सुरु भएको छ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा छ । परीक्षामा २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा गरि ५ लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी छन् ।परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिका रेग्मीका अनुसार माध्यमिक शिक्षा परीक्षाको लागि देशभर कुल १ हजार ९ सय २३ केन्द्र निर्धारण गरिएको छ । परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक र कार्यालय सहायक गरी ६७ हजार ५ सय ९१ कर्मचारी खटाइएको छ । परीक्षाका नियम उल्लंघन गरेमा १ लाख रुपैयाँ जरिवाना, ६ महिना जेल वा दुवै सजाय हुन सक्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

शिक्षा ऐनको आठौं संशोधनमा माध्यामिक तहको परीक्षा राष्ट्रिय परीक्षा वोर्डले क्षेत्रीय स्तरमा गर्ने उल्लेख भएपनि तयारी नपुगेको भन्दै अन्तिमपटकका लागि परीक्षा नियन्त्रण कार्यालयलाई माध्यामिक शिक्षा परीक्षा एसइइ परीक्षा गर्ने जिम्मेवारी दिइएको छ । यसअघि कक्षा १० लाई एसएलसी परीक्षा भनिएकोमा नयाँ व्यवस्था अनुसार कक्षा १२ मा मात्रै एसएलसी परीक्षा हुने भएकाले अहिले परीक्षा दिएका विद्यार्थीले २ वर्षपछि फेरि कक्षा १२ मा एसएलसी दिनुपर्ने छ ।तर पोहोर परारको एसएलसी परीक्षा जसरी गरिन्थ्यो बिहीबारदेखि सुरु भएको माध्यामिक शिक्षा परीक्षा पनि ठ्याक्कै उस्तै हुने परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिनुभयो । एसइई परीक्षाको बारेमा उज्यालो अनलाइनका लागि अर्जुन पोख्रेलले परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिका रेग्मीसँग कुराकानी गर्नुभएको छ ।

एसइइ परीक्षलाई लिएर निकै अन्यौल देखिएको छ, एसइइ परीक्षा कस्तो हो ?

–  माध्यामिक शिक्षा परीक्षा नाम मात्रै परिवर्तन गरिएको एलएलसी परीक्षा हो । धेरै पहिलेदेखि हामीले एसएलसी भनेका थियौं, त्यै परीक्षा हो यो ।  तर नाम मात्रै फरक हो । एलएलसी परीक्षामा हुने जे जे नियम हुन सबै एसइइमा पनि लागु हुन्छन् । यो वर्षदेखि एसएलसी परीक्षा भन्न छाडेर माध्यामिक शिक्षा परीक्षा भनेका छौं, तर परीक्षा प्रणाली,विद्यार्थीलाई सोधिने प्रश्नहरु, विद्यार्थीले लेख्ने उत्तरका ढाँचाहरु र यसको मुल्याङ्खन पनि उस्तै हो । त्यै भएर अल्मलिनुपर्ने कारण नै छैन्, एसएलसी र यो परीक्षा उस्तै नै हो ।

अहिले परीक्षा दिएका विद्यार्थीले कक्षा १२ मा कस्तो परीक्षा दिनुपर्नेहोला भनेर धेरै चासो राखेका छन् नि ?

– पहिले पनि एसएलसी दिएपछि विद्यार्थीले कक्षा १२ को परीक्षा दिन्थे । अहिले पनि माध्यामिक तहको परीक्षा दिएपछि उनिहरुले कक्षा १२ को परीक्षा दिनुपर्छ । तर अब १२ कक्षामा हुने परिक्षलाई एसएलसी भनिनेछ । अहिले हुने परीक्षा राष्ट्रिय परीक्षा बोर्डले क्षेत्रीय स्तरमा गर्नुपथ्र्यो, तर उहाँहरुले हामीलाई आग्रह गरेकाले यो वर्ष हामीले गर्‍यौं । आगामी वर्षदेखि यो परीक्षा क्षेत्रीय स्तरमा हुनेछ । कोही पनि शंकामा नपरौं, अहिले एसइइ दिएका विद्यार्थीले १२ कक्षामा एसएलसी दिनुपर्छ । पोहोर पास भएका विद्यार्थीको हकमा पनि आगामी बर्ष एसएलसी परीक्षा हुन्छ । अहिले कक्षा १० को परीक्षा माध्यामिक शिक्षा परीक्षा हो भने १२ कक्षामा हुने परीक्षा एसएलसी हो ।

ads5

ADVS here

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*