ADVS here

माद्यमिक शिक्षा परीक्षा आगामी चैत ३ गते बाट सुरु

ADVS here

पोखरा, फागुन ३०  एसएलसी परीक्षा प्रणाली हटेपछि पहिलो पटक हुन लागेको माद्यमिक शिक्षा परीक्षा यसपटक आगामी चैत ३ गते बिहीबारबाट सुरु हुँदैछ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सोमबार पत्रकार सम्मेलन गरेर माद्यमिक शिक्षा परीक्षाको कार्यतालिका सार्वजनिक गरेको हो । कक्षा १२ को परीक्षाको नाम एसएलसी हुने गरी शिक्षा ऐनमा संशोधन भएपछि यस वर्षदेखि कक्षा १० सम्मलाई माद्यमिक शिक्षा परीक्षाको रुपमा लिन सरु गरिएको हो । परीक्षा विहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुनेछ ।

पहिलो दिन चैत ३ गते बिहीबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । त्यसैगरी चैत ४ गते अनिवार्य नेपाली, चैत ६ गते अनिवार्य गणित, चैत ७ गते अनिवार्य विज्ञान, चैत ८ गते स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा, चैत ९ गते संस्कृततर्फ अनिवार्य संस्कृत भाषा, चैत १० गते ऐच्छिक गणितको परीक्षा संचालन हुनेछ ।विभिन्न प्राविधिक विषयसमेत गरी चैत १४ गतेसम्म परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले जनाएको छ । परीक्षा नियन्त्रक अम्विकाप्रसाद रेग्मीले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएकी हुन् ।

ads5

ADVS here

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*