ADVS here

बाल प्रभात वोडींङ स्कुलको को २७ औ वार्षीकउत्सव तथा पुरस्कार वितरण समारोह सम्पन्न:

ADVS here

पोखरा ९,न्युरोडमा  अवस्थित बाल प्रभात वोडींङ स्कुलको को २७ औ वार्षीकउत्सव तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला शिक्षा कार्यलय कास्कीका निमित जिल्ला शिक्षा अधिकारी दिपेन्द्र ढकालले नव निर्मित भवनको उद्धघाटन गर्दै शैक्षिक गुणस्तरमा अव्वल विद्यालय रहेको र हरेक अभिभावकले घरमा बालबालिकालाई ब्रेक सहितको यात्रामा हिडाउन समेत सुझाव दिनुभयो ।

कार्यक्रममा सह प्रध्यापक डा. राम जिवन यादव, प्याप्सन उपाध्यक्ष्य उमा लामीछाने, प्याप्सन पूर्व उपाध्यक्ष चिनु रानाभाट अभिभावक कृष्ण प्रसाद सुवेदि लगाएतले बोल्नुभएको थियो ।  विद्यालयमा अध्यानरत विद्यार्थीहरुले साङगितिक प्रतिभा प्रस्तुत गरेका थियो भने उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

उक्त कार्यक्रममा प्रशिक्षक यशोदा मगर, चिरनजिवी काफ्ले रुचिला पन्त सम्मानित भएका थिए । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष्य प्रेम बहादुर कुवर को अध्यक्ष्यतामा भएको कार्यक्रक्रममा विद्यालयको वार्षिक प्रतिवेदन प्राचार्य शालिग्राम अधिकारीले प्रस्तुत गर्नुभएको थियो भने  संचालन सह प्राचार्य डिल्ली राम अर्याल ले गर्नुभएको थियो ।

 

ads5

ADVS here

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*