ADVS here

विद्यार्थी संख्या र पाठ्यपुस्तक छपाइका लागि विनियोजित बजेटबीच तालमेल नहुँदा पाठ्यपुस्तक अभाव देखिएको:

ADVS here

सामुदायिक विद्यालयको विद्यार्थी संख्या र पाठ्यपुस्तक छपाइका लागि विनियोजित बजेटबीच तालमेल नहुँदा बर्सेनि पाठ्यपुस्तक अभाव देखिएको छ । तथ्याङक यकिन नहुनु र सम्बद्ध निकायबीच समन्वय नहुनाका साथै सरकारी निकायलाई घाटामा पु¥याएर निजी क्षेत्रलाई पोस्ने प्रवृत्तिका कारण बर्सेनि पाठ्यपुस्तक अभाव देखिएको बताइएको छ । शिक्षा पत्रकार समूहले गरेको एक अध्ययनमा कमिसनका खेलका कारण यस्तो हुने गरेको देखिएको छ ।

“शिक्षा विभागले बर्सेनि प्रकाशित गर्ने फ्ल्यास रिपोर्ट नै विद्यार्थीको कति संख्या हो भन्ने आधिकारिक तथ्याङकीय सूचीअनुसार विभागले जनक शिक्षा र निजी क्षेत्रलाई किताब छाप्नु भन्छ । तर यो नै तथ्यपरक देखिँदैन । यसपालि नै फ्ल्यास रिपोर्टमा उल्लेख भएभन्दा १० लाख कम विद्यार्थी रहेको विभागकै पछिल्लो तथ्याङकले स्पष्ट पारेको छ । तथ्याङकमा विश्वस्त नभएपछि जनक शिक्षा र निजी क्षेत्रले घाटा हुने भयले कम किताब छाप्ने गरेका छन्”, अध्ययनमा भनिएको छ । अहिले १ देखि १० कक्षासम्मका विद्यार्थीलाई नयाँ पाठ्यपुस्तक दिनैपर्ने नीति र कार्यक्रम छ । विसं २०६७ मङ्सिर १० मा स्वीकृत भई लागू भएको ‘विद्यालय पाठ्यपुस्तक तथा पाठ्यसामग्री छपाइ तथा वितरण निर्देशिका २०६७’ ले सामुुदायिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका सबै विद्यार्थीलाई नयाँ पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराउने उल्लेख गरेपछि हरेक वर्ष नयाँ किताब छाप्नैपर्ने हुन्छ । सो अनुसार किताब किन्न विद्यालयलाई एकमुष्ठ अनुदान विनियोजन हुन्छ ।

ads5

ADVS here

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*