ADVS here

प्याब्सन को १३ औं राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा सुरु :

ADVS here

९ फागुन, काठमाडौं । निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) को १३ औं राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डले प्रज्ञाभवन कमलादीमा महाधिवेशन उदघाटन गरे । महाधिवेशनमा मुलकभरबाट १ हजार ८ सय ५० प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनले दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन पनि गर्ने छ । नयाँ नेतृत्वका लागि एमाले निकट टीकाराम पुरी र माओवादी केन्द्र निकट विजय सम्बाहाम्फे प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । पुरी नेतृत्वको समूहको वरिष्ठ उपाध्यक्षमा सुमनगोपाल आचार्य, खुला उपाध्यक्षमा हिरा चन्द र ईश्वर गुरुङ तथा महासचिवमा गोपाल आचार्यको उम्मेदवारी घोषणा गरिएको छ ।

यसैगरी, सम्बाहाम्फे समूहले शनिबार उम्मेदवारी घोषणा गरिसकेको छ । सम्बाहाम्फे समूहबाट वरिष्ठ उपाध्यक्षमा डीके ढुंगाना, उपाध्यक्षमा कृष्ण अधिकारी र आशिष श्रेष्ठ र महासचिवमा राजेन्द्र बानियाँ रहेका छन् । पुरी एभरेष्ट उच्च मावि विराटनगरका प्रिन्सिपल हुन् भने सम्बाहम्फे लोयल्टी स्कूल मण्डिखाटारका हुन् । माओवादी केन्द्र निकट सम्बाहम्फे हाल प्याब्सनका वरिष्ठ उपाध्यक्ष छन् । अघिल्लो महाधिवेशनमा सम्बाहम्फेसँग झिनो मतले पराजित भएका पुरी एमाले निकट हुन् । प्याब्सनको ६७ पदका लागि २५० भन्दा बढी उम्मेदवारहरु हुने अनुमान छ ।देशभर करीब १० हजार निजी विद्यालयहरुमध्ये ६ हजार ५ सय प्याब्सनमा आबद्ध छन् । प्याब्सनका ७२ जिल्ला शाखा छन् ।

६७ सदस्यीय कार्यसमितिमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ८ जना भूगोल र एक महिलासहित ९ जना उपाध्यक्ष रहनेछन् । यसैगरी एक महासचिव र एक उपमहासचिव रहनेछन् ।

ads5

ADVS here

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*