Jungle Festival

विद्यालयदेखि विश्वविद्यालयसम्म हिसान:

ADVS here

९ माघ, काठमाडौं । सरकारले ल्याएको नयाँ शिक्षा नीति अनुरुप उच्च माध्यमिक विद्यालय संघले आफ्नो नाम र कामको प्रकृति पुनर्गठनसहित नयाँ नेतृत्व चयन गरेको छ । राजधानीमा भएको विशेष भेलाले माध्यमिक तहदेखि विश्वविद्यालय तहसम्म सन्चालित निजी शैक्षिक संस्थाहरुको नेतृत्वदायी साझा छाता संगठन निर्माण गरेको हो । भेलाले सर्वसम्मत रुपमा निर्देशक समिति र केन्द्रीय कार्य समिति चयन गरेको नवनिर्वाचित महासचिव लोकवहादुर भण्डारीले बताए । हिसानको अध्यक्षमा गोल्डेन गेट कलेका प्रमुख रमेशकुमार सिलवाल चयन भएका छन् भने महासचिवमा जेभियर इन्टरनेशनलका कार्यकारी निर्देशक लोकवहादुर भण्डारी चयन भएका छन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा युवराज शर्मा र नवराज पाण्डे चयन भएको निर्वाचन समितिले जनाएको छ ।

यसअघि उच्च माविहरुको मात्र संगठन हिसान रहेकोमा अब नयाँ शिक्षा नीति अनुसार कक्षा १ देखि १२ सम्म उच्च मावि भएपछि विद्यालयदेखि विश्वविद्यालयसम्मका सबै संस्थाहरु हिसानमा समेटिएका छन् । विद्यालय सन्चालकहरुमात्रको संस्थाप प्याव्सन र एनप्याव्सन भने स्वतन्त्र अस्थित्वमै रहने बताइएको छ । हिसान भेलाले शिक्षा क्षेत्रका बरिष्ठ व्यक्तिहरु रहेको निर्देशक समिति समेत गठन गरेको छ । समितिमा उमेश श्रेष्ठ, बाबुराम पोखरेल, माधवप्रसाद बराल, शिवदत्त ज्ञवाली, रामचन्द्र आचार्य, शिवहरि मुडभरी र विरेन्द्रकुमार शाह रहेका छन् ।

ads5

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*