ADVS here

राज्यले व्यक्तिको दक्षता र क्षमताको उपेक्षा गर्नु हुदैन् – विज्ञहरु :

ADVS here

पोखरा, फाल्गुन -८
नेपालमा आईटी (सुचना र प्रविधि) को प्रचुर संभावना रहेको जानकारवालाहरुले तर्क गरेका छन् । उनिहरुले भनेका छन्, “नेपाली विद्यार्थीको क्षमता अभुतपुर्व छ तर, यसको प्रयोगका हिषावले नेपाल पुरै असफल भन्नु पर्छ । विकासका कयौन सम्भावनाहरुको पहिचान गरेर जनशक्तिको प्रयोग गरेको खण्डमा नेपाल विश्वको उदाहरण बन्न सक्थ्यो । आज नेपाली विद्यार्थीहरु नासामा अनुसन्धान गरिरहेका छन् । उनिहरुका लागी नेपाल मै अवसरको सृजना गर्न सकेको भए नेपाल अमेरीका बन्ने थियो ।”

मुलुकको अस्थिर राजनीतिका कारण विकासहरु अवरुद्ध हुन पुगेका प्रति उनिहरुले गहिरो चिन्ता व्यक्त गरेका छन् । नेतृत्वमा विषयविज्ञताको अभावका कारण सवल नीतिहरु नबनेपछि जनशक्तिको पलायन निरविकल्प बनेको विज्ञहरुले बताएका छन् । उनिहरुले राज्यले व्यक्तिको दक्षता र क्षमताको उपेक्षा गर्नु हुदैन् भनेका छन् । यसका लागी तत्काल थप कदमहरु चाल्नु पर्नेमा उनिहरुको जोड छ ।
यसैविषयमा रहेर हामीले इन्जिनियरिङ् अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस, लामाचौरका क्याम्पस प्रमुख नारायण गौतमसंग सक्षिप्त संवाद गरेका छौ । कुराकानीको सुरुवात गर्दै, हामीले सवैभन्दा पहिले,

01. नेपाली विद्यार्थीहरु प्रविधिमा कत्तिका क्षमतावान् छन् ?
हामीसंग क्षमता छ । हाम्रा नेपाली विद्यार्थीसंग धेरै क्षमता छ । तर, हामीले यसको मार्केटिङ् गर्न सकिरहेका छैनौ । नेपाली विद्यार्थीहरुले धेरै चिजहरु जानेका छन् तर, हामीले प्रयोगमा ल्याउन सकेरहेका छैनौ । उत्पादनसंग जोड्न सकिरहेका छैनौ । त्यस्तो सिष्टमको अलि कम छ हामीमा ।
02. आईटिमा सम्भावना त रहेछन्, श्रोत साधान छन् कि छैनन् ? 
त्यसलाई जुटाउनु पर्छ । श्रोतसाधन हामी संगै त छैन् । अव यल्लाई भोली इण्ड्रष्ट्रिसंग जोड्नका लागी हामीसंग त छ्रैन् । हाम्रो काम फेरी अनुसन्धान गर्ने हो । रिर्सच गर्ने हो । त्यो रिसर्चलाई प्राईभेटसंग लगेर जोड्ने हो । हामीले यसलाई उत्पादन गर्न त सक्दैनौ । तर, हामीले रसिर्च गरेर त्यो रिसर्चलाई हाम्रो हामीले यो गर्न सक्छौ है भनेर सम्बान्धित ठाँउमा पुर्याउन सक्छौ । त्यो पुर्याउन सक्ने श्रोत छ हामीसंग । तर, उत्पादन गर्ने श्रोत छैन् हामीसंग हामीले विद्यार्थी उत्पादन गर्ने हो । उद्योग स्थापना गर्न त हामी सक्दैनौ । तर, यसलाई त्यससंग जोड्न तर्फ लाग्छौ ।

03. इन्जिनियर नेपाल कै निमित्त हुनुर्पथ्यो कि विदेशका निमित्त ?
हो, यो बडा महत्वपुर्ण क्वईसन हो । हामीले उत्पादन गरेका इन्जिनियरहरु वास्तवमा नेपाल मै रहनु र्पदथ्यो । ति इन्जिनियरहरु नेपाल मै रहने हो भने नेपालको विकास तिव्र हुने थियो । तर, अहिले त्यस्तो छैन् । अधिकांस इन्जिनियरहरु विदेशमा छन् ।
04. कारण के हो सम्भावना नभा कि वातावरण ?
त्यो वातावरण नभएर हुन सक्छ । अव यहाँ राजनीतिक स्थिरता छैन् । तपाईको विकास गर्ने सरकारको पोलिसि छैन् । र, ति इन्जिनियरहरुलाई प्रयोग गर्ने ठाँउ छैन् । फेरी अर्को कुरा, ठाँउ प्रशस्तै छ तर, दिन सकिरहेको छैन् । जसको कारणले यहाँ भन्दा त बाहिरै ठिक छ, भन्ने देखिएको छ । त्यो इन्जिनियर जवसम्म नेपालमा रहदैन् हामीले यो गफ मात्रै गर्ने हो । विकास हुदैन् ।


05. तर, नेपाली इन्जिनियरहरुमा गुणस्तर अब्ब्ल छ ?
छ, प्रश्सस्तै छ । हाम्रा यहाँबाट पढेर गएका विद्यार्थी उच्च शिक्षा अध्ययन देखि लिएर राम्रै गरेका छन् । र, तिनिहरुमा राम्रो क्वालिटि छ । तर, त्यो क्वालिट, त्यही सिकेका छन् त्यही प्रयोग गरेका छन् । घर फर्किएका छैनन् । हाम्रो क्वालिटिलाई त्यहाँ प्रयोग भैरहेको छ ।
06. हामीले दक्ष जनशक्तिलाई जोगाउन सकेनौ ?
सकेनौ तर, जोगाउनु पर्छ । यदि विकास गर्ने हो भने, इन्जिनियरको जनशक्ति नेपाल कै रहनु पर्छ । यहाँ एउटा ठुलो हाईड्रपावर चलाउने हो भने इन्जिनियरको जनशक्ति नै पुग्दैन् । त्यो स्थिती छ, तर भैरहेकोले नी रोजगार पाईरहेको छैन् यहाँ । यस्तै यस्तै स्थितीले गर्दा खेरी धेरै जनशक्ति बाहिर छ ।
07. इन्जिनियरिङ् शिक्षा प्रतिको आकर्षण कस्तो छ अहिले ?
एकदम राम्रो छ, संख्याको हिषाव गर्ने हो भने त, असाध्यै प्रतिष्पर्धा छ । उच्च प्रतिष्पर्धामा लागेका छन् । तर, उत्पादन हुन्छ । पास गर्छन् । अनि त्यो यहाँ विज्ञता हाषील गरेपछि यहाँको विकासमा लाग्छु, यहि काम गर्छु, रोजगार दिन्छु भन्दैनन् । भन्छन् त के भने, अव म अमेरीका जान्छु, म क्यानडा जान्छु, अव त्यता कसरी लाग्ने भन्ने मात्रै छ । विद्यार्थीको कन्सेप्ट डेभ्लप नै त्यता तिर छ ।
08. यहाँ त कुनै सम्भावना देख्दै देख्दैनन् ?
देख्दै देख्दैनन् हो । यो कुरो एकदम ठिक हो ।
09. दक्ष जनशक्ति जोगाउन सवै लाग्नु पर्छ ?
हो सवै लाग्नु पर्छ, र सवै क्षेत्रको सहयोगले यो जनशक्ति बच्यो भने हाम्रो विकास गर्ने ठाँउ पनि प्रशस्तै छ । विकास गर्नु पर्ने आवाश्यकता पनि प्रशस्तै छ । अव तेल्लाई म्यानेज गर्नु छ । मिलाउनु पर्छ ।

 

10. यहाँ बाट अहिले सम्म कति ईन्जिनियरहरु उत्पादन भए होलान ?
हजारौको संख्यामा हामीले दक्ष इन्जिनियरहरु उत्पादन गरेका छौ । जसले देश बनाउन सक्छन् । अहिले पनि विश्वविख्यात नासा देखी लिएर कयौन खोजमुलक संस्थाहरुमा हाम्रा उत्पादनहरु छन् । नेपालमा पनि छन्, तर त्यो संख्या असाध्यै सानो छ ।
11. हुन्छ, समय र विचारका लागी असाध्ययै आभारी छौ, धन्यवाद ।
मलाई पनि यो अवसर प्रदान गर्नुभयो । तपाई र तपाईको मिडियालाई धेरै धन्यवाद छ । यस्ता अवसरहरु फेरी फेरी पनि जुटाईदिनु होला । धन्यवाद ।

ads5

ADVS here

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*