Jungle Festival

क्यान इन्फोटेक विथ मोवाईल एक्सपो आज सकिदै :

ADVS here

पोखरा, ०८ फाल्गुन ।
पोखराको नयाँबजारमा जारी आँठौ संस्करणको क्यान इन्फोटेक विथ मोवाईल एक्सपो आज सकिदै छ । विगत पाँच दिनदेखी मेला उत्तराद्र्धमा आउदै गर्दा अवलोकन कर्ताहरुको चाप बढेको आयोजक संस्थाका अध्यक्ष चिन्तामणी बाँस्तोलाले जानकारी दिनुभयो ।
हिजो शनिबार मात्रै उक्त मेलाको २० हजार दर्शकहरुले प्रत्यक्ष अवलोकन गरेका छन् । क्यान इन्फोटेक मेला विथ मोवाइल एक्सपोको तेश्रो दिन सम्म करिब १ करोड बरावरको मोवाइल बिक्री वितरण भएको मोवाइल बितरक संघ पोखराका अध्यक्ष शिवराज पहारीले जानकारी दिनुभयो ।


उहाँका अनुसार एक्सपोमा नयाँ मोडेलका मोवाइल, फोरजी इन्टरनेट चल्ने मोवाइल र ब्याट्री टिकाउने मोवाइलमा ग्राहकको आकर्षण देखिएको छ । मोवाइल एक्सपोमा मोवाइल खरिद गर्ने ग्राहकहरुलाई ब्राण्ड हेरीकन ५ देखि ५० प्रतिशत सम्म छुट प्रदान गरिएको संघका सचिव जीवन ढुंगानाले जानकारी दिनुभयो ।
आज अन्तिम दिनसम्म करिब एक लाख दर्शकले मेलाको प्रत्यक्ष अवलोकन गर्ने अनुमान गरिएको छ । मेला सुचना तथा प्रविधिको क्षेत्रमा भित्रिएका नविनतम् आयामहरुको जानकारीमा सर्मपित गरिएको छ ।

ads5

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*