Jungle Festival

कम्प्युटरसँग सम्वन्धित एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न:

ADVS here

स्याङ्गजा,८ फागुन ।
भुपु विद्यार्थी युवराज पौडेलको संयोजनमा स्याङ्गजाको सेतिदोभान ५ मा रहेको प्रद्युम्न पनेरु मा.वि.तथा शिक्षा क्याम्पसमा कम्प्युटरसँग सम्वन्धित एक दिने प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न भएको छ । विशेष गरि कक्षा ९ र १० का विद्यार्थीलाई लक्षित गरि गरिएको प्रशिक्षण कार्यक्रममा कम्प्युटरको Hardware parts र तीनीहरुको कार्यहरुबारे जानकारी, Internet, HTML र Program बारे जानकारी, Ms-excelमाः Marksheet Design र Ms-Excessबारे जानकारी तथा Q-Basic, File handling, SEC को Question modelलगायतका विषयमा प्रशिक्षण गराईएको थियो ।

उक्त प्रशिक्षण कार्यक्रममा मुख्य प्रशिक्षक कम्प्युटर विज्ञ तथा स्वर्णिम पव्लिकेशनका सागर खत्री, प्रशिक्षकहरु सफ्टवेयर विज्ञ सुजन पुन र हार्डवयर विज्ञ लेखनाथ पराजुली लगायतले सहजीकरण गरेका थिए । सैद्दान्तिक र प्रयोगात्मक दुवै माध्यमबाट प्रशिक्षण गराईएको थियो । कार्यक्रममा शिक्षक र विद्यार्थी गरि करिव ३० जनाको सहभागिता रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक दिप्तीनारायण शर्माले आफ्नो विद्यालयबाट उत्पादित विद्यार्थीले आफुले अध्ययन गरेको विद्यालयमा प्रशिक्षण कार्यकम राखिनु निकै सह्रानिय काम भएको र आफुहरुलाई थप हौसला प्रदान भएको भन्दै खुसि व्यक्त गरे ।
उक्त विद्यालयमा विगत एक दशकभन्दा लामो समयदेखि कक्षा ६ देखि ८ सम्म अनिवार्य र ९ र १० कक्षाको लागि वैकल्पिक विषयको रुपमा कम्प्युटर विषयको पढाइ हुँदै आएको छ । अहिले १७ कम्प्युटर रहेको विद्यालयमा करिव १ सय ७० जना विद्यार्थीहरुले कम्प्युटर विषयको अध्ययन गरिरहेका छन् ।

ads5

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*