
फागुन ५ – विशाल बिष्ट स्मृति लिबर्टी कप फुटबल प्रतियोगिताको फाइनलमा लिबर्टी र कसमस कलेज खेल्ने भएका छन् ।
ललितपुरको च्यासल मैदानमा बिहीबार भएको सेमिफाइनलमा लिबर्टी कलेजले क्वेस्ट कलजलाई ३–२ गोल अन्तरले तथा कसमस कलेजले स्किम कलेजलाई २–० गोल अन्तरले हराएर फाइनल भेट पक्का गरेका हुन् ।
फाइनल खेल आगामी शनिबार दिउँसो १ बजे दशरथ रंगशालामा हुने लिवर्टी कलेजकी राधा भन्डारीले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले ५० हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । फागुन १ गतदेखि चलेकोे प्रतियोगितामा २० वटा कलेजको सहभागीता थियो ।
Leave a Reply