ADVS here

राष्ट्रिय शिक्षा परिषदमा सात जना मनोनीत :

ADVS here

फागुन ५ – शिक्षा मन्त्रालयले राष्ट्रिय शिक्षा परिषद्मा सात जनालाई मनोनीत गरेको छ । शिक्षा ऐनमा भएको व्यवस्था अनुसार मन्त्रालयले विभिन्न निकायबाट सात सदस्य मनोनीत गरी परिषद्लाई पूर्णता दिएको हो ।संशोधित शिक्षा ऐनमा शिक्षा मन्त्रीको अध्यक्षतामा २३ सदस्यीय राष्ट्रिय शिक्षा परिषद्को गठन गर्ने व्यवस्था छ । परिषद्मा कृषि वन विश्वविद्यालय चितवनका उपकुलपति आइपी ढकाल, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति भुषण श्रेष्ठ र पोखरा विश्वविद्यालयका उपकुलपति चिरञ्जीवि शर्मा मनोनीत हुनु भएको छ ।त्यसैगरी परिषदमा सामुदायिक विद्यालय सञ्चालक समितिको अध्यक्षबाट टेकबहादुर थापा र निर्मला सुवेदी मनोनीत हुनु भएको छ भने निजी विद्यालयको तर्फबाट एन प्याव्सनका उपाध्यक्ष डा. कुस्मिला आचार्य र प्याव्सनका उपाध्यक्ष विजय संवाहाम्फे मनोनीत हुनु भएको छ । तीन वर्षे कार्यकाल तोकिएको समितिले शिक्षा सम्बन्धी नीति निर्धारण गर्न सरकारलाई सल्लाह तथा सुझाव दिने शिक्षा मन्त्रीका प्रेस संयोजक जनार्दन पोखरेलले जानकारी दिनुभएको छ ।

ads5

ADVS here

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*