
पोखरा ५ फागुन,
क्यान इन्फोटेकको आठौ संस्करण आजदेखि पोखरामा सुरु भएको छ । पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा आयोजित मेलाको संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले उद्घाटन गरेका हुनु् । मेला उद्घाटन गर्दै सचिव गुरुङले अधुनिक सुचना प्रविधि भित्र्याएर मात्रै नहुने र त्यसको प्रयोगका लागि चेतना दिलाउन सुचना प्रविधि मेला उपयुक्त थलो रहेको बताए । सञ्चार मन्त्रालय सुचना प्रबृद्धी विस्तारको लागि नीजि क्षेत्रसँग सहकार्य गर्न सधै तयार रहेको उनले बताए । सचिव गुरुङलेसुचना प्रविधिमा आधिरित सरकारी सेवा प्रवाहमा जोड दिएको स्पष्ट पार्दै सरकारी सेवालाई प्रविधि मैत्री बनाउने प्रयास भैरहेको बताए । प्रविधिको विस्तारमा नेपाल सरकारले भन्दा नीजि क्षेत्रले गरेको काम प्रशंसनिय रहेको उनले उल्लेख गरे । पश्चिमाञ्चल क्षेत्रीय प्रशासक यम कुमारी खतिवडाले सरकारले सुचना प्रविधिको प्रयोग र विस्तारमा प्रथामिकता दिएको स्पष्ट पारिन् । सुचना प्रविधिको क्षेत्रलाई पनि उद्योगको रुपमा स्थापित गरेको उनले बताइन् ।
कम्प्युटर एसोसिएसन अफ नेपालका केन्द्रिय अध्यक्ष इन्जिनियर विनोद ढकालले सरकारले सुचना प्रविधिलाई प्रथामिकतामा नराखेको आरोप लगाए । सुचना प्रविधिको विकास र विस्तारका लागि सरकारी निकायले प्रथामिकता नदिएको उनको गुनासो छ । कार्यक्रममा क्षेत्रीय सिंचाई निर्देशनालय पोखराका निर्देशक शिशिर कोईराला, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे, पोखरा इलेक्ट्रोनिक्स व्यावसाय संघका अध्यक्ष श्रीप्रसाद घले, क्यान कास्कीका पूर्व अध्यक्ष चण्डी प्रसाद अर्याल, सचिव विश्वास भण्डारी लगायतले क्यान इन्फोटेकको महत्वका वारेमा बोलेका थिए । पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासंघ कास्कीको आयोजना तथा पोखरा इलेक्ट्रोनिक्स व्यावसाय संघको सह आयोजनामा सुरु भएको मेला फागुन ८ गते सम्म चल्नेछ । मेलामा सूचना प्रविधि तथा सञ्चार सम्बन्धी विभिन्न कम्पनीका १ सय २५ वटा स्टल राखिएको छ । मेलाको झण्डै १ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
Leave a Reply