Jungle Festival

स्ववियु चुनावका लागि प्रक्रिया सुरु हुदै:

ADVS here

आठ वर्षपछि हुन लागेको स्ववियु चुनावका लागि आजबाट प्रक्रिया सुरु हुँदै छ । त्रिविमा क्रियाशील १० विद्यार्थी संगठन १४ फागुन मै चुनाव सम्पन्न गर्न सक्रिय भएका छन् । केही संगठन भने अझै चुनावको विपक्षमा देखिएका छन् ।


त्रिविले भने सबैलाई चुनावी प्रक्रियामा सहभागी भएर सहयोग गर्न अपिल गरेको छ । त्रिविले यसअघि नै सार्वजनिक गरेको चुनावको कार्यतालिका अनुसार १ फागुनमा मतदाता सुची प्रकाशित गर्ने कार्यक्रम छ ।
३ फागुनमा मतदाता सुचीमा दाबी विरोध गर्ने र मतदाताको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । कार्यतालिकाअनुसार १४ फागुनमा मतदान हुनेछ । त्रिभुवन विश्वविद्यालयले विभिन्न क्याम्पसमा क्रियाशील सबै विद्यार्थी संघ–संगठनलाई स्ववियु चुनावको प्रक्रियामा सहभागी हुन अपिल गरेको छ ।
स्ववियु निर्वाचनको विषयलाई लिएर पोखरा स्थित कलेजहरुमा पनि चुनावी गतिविधिहरु बढेका विद्यार्थी नेताहरुले बताएका छन् ।

ads5

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*