Jungle Festival

 क्यान इन्फोटेक तथा मोवाइल एक्स्पोको तयारी तिव्र:

ADVS here

क्यान महासंघ, कास्कीको आयोजनामा हुने आठौ संस्करणको इन्फोटेक तथा मोवाइल एक्स्पोको तयारी तिव्र पारीएको छ । मेला यहि फागुन ५ गतेदेखि ड गतेसम्म पोखरा प्रदर्शनी केन्द्र नया बजारमा हुने छ । पोखरा इलेक्ट्रोनिक्स व्यवसायिक संघसगको सहकार्यमा हुन लागेको यस पटकको इन्फोटेक आठौ संस्करण हो ।

यस पटक मोवाइल तथा एसेसरिजका मात्र ४० बढि स्टलहरु रहेको आयोजकले जानकारी दिएको छ । मेलामा मोवाइल तथा स्मार्टफोन वाहेक कम्प्युटर, ल्यापटप, प्रिन्टर, राउटर, एन्टिभाइरस, सिसि टिभी लगायत प्रडक्टहरुको प्रदर्शन हुनेछ । यसैगरी आइटी कलेज, ट्रेनिङ, सफ्टवेयर, एप्लिकेशन तथा टेक सर्भिस सम्वन्धी स्टलहरु रहने आयोजकले जानकारी दिएको छ । क्यानका दित्तिय उपाध्यक्ष सञ्जय थापाका अनुसार नेपालका ग्रामिण तथा दुर्गम क्षेत्रमा पनिसूचना प्रविधिको पहूँच पुर्याउने तथा प्रोत्साहन गर्ने उद्देश्यले देशका विभिन्न जिल्लाहरुमा इन्फोटेकको आयोजना गरिएको हो ।

सूचना प्रविधिलाई दुर्गम क्षेत्रसम्म नपुर्याएसम्म देशको समग्र विकास सम्भव नभएकाले आगमि दिनमा पनि क्यानले अन्य जिल्लाहरुमा सुचना प्रविधि मेलाहरुको आयोजना गर्ने थापाले बताउनुभयो ।

ads5

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*