ADVS here

उत्कृष्ट ३ एजेन्टको सूचीमा पोखराको Kings and Miracal:

ADVS here

काठमाण्डु, १ फाल्गुन ।
अमेरिकाको भर्जिनिया इन्टरनेशनल यूनिभर्सिटीले छनौट गरेका नेपालका उत्कृष्ट ३ शैक्षिक परामर्श केन्द्रहरु मध्ये दुई वटा पोखराका पनि परेका छन् । पोखराको किंग्स् ईन्स्टिच्यूट र मिराकल इन्स्टिच्यूट यूनिभर्सिटीको सूचीमा परेका हुन् । त्यस्तै उत्कृष्ट तीन मध्ये काठमाण्डौको डल्फिन कन्सल्टेन्सी पनि परेको छ ।

काठमाण्डौको सोल्टी क्राउन प्लाजामा आईतबार आयोजित एक विशेष समारोहबीच यूनिभर्सिटीले नेपालका उत्कृष्ट ३ शैक्षिक परामर्श केन्द्रहरुलाई सम्मान गरेको हो । भर्जिनिया इन्टरनेशनल यूनिभर्सिटीको एजेन्ट को–अर्डिनेटर अहोइपा अलियोले नेपालका तीन उत्कृष्ट शैक्षिक परामर्श केन्द्रहरुलाई सम्मान प्रदान गर्नुभएको हो ।


पोखराका दुई शैक्षिक परामर्श केन्द्र किंग्स् इन्स्टिच्यूटका कार्यकारी अध्यक्ष महेश भण्डारी र मिराकल कन्सल्टेन्सीका निर्देशक रवि भण्डारीले सम्मान ग्रहण गर्नुभएको छ । सम्मानित भैसकेपछि किंग्स् इन्स्टिच्यूटका कार्यकारी अध्यक्ष महेश भण्डारीले पोखरामा रहेर शैक्षिक परामर्श गर्ने संस्थाहरुका लागि यो सम्मान गर्व गर्न लायक भएको बताउनुभयो ।

ads5

ADVS here

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*