
श्रीमतीको सहयोगमा अनन्तलिङ्गेश्वर नगरपालिका–७ का ४० वर्षे राजकृष्ण कायस्थले १४ बर्षिया बालिकालाई बलात्कार गरेका छन् ।
गएको मंसिर २१ गते राति ७ बजे राजकृष्णकी श्रीमती राधा जंगमले पीडित बालिकालाई बाटोबाट फकाई आफ्नो घरमा ल्याएर श्रीमानको जिम्मा लगाई आफू बाहिर निस्किएर ढोकाको चुकुल लगाई श्रीमान्लाई बालिका बलात्कार गर्न सहयोग गरेको भन्दै पीडित परिवारले उजुरी दिएपछि प्रहरीले शनिबार दुबै जनालाई प्रक्राउ गरेको छ । पीडक कायस्थले श्रीमती राधालाई छिमेकी बालिका बोलाउन पठाएको र श्रीमतीले बाटोमा भेटिएकी पीडित बालिकालाई २० रुपैयाँ दिएर फकाएर घर ल्याई श्रीमानको जिम्मा लगाएर बलात्कार गरेको महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी नायव उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिनुभयो ।
बालिका बलात्कारपछि श्रीमती राधाले २ सय रुपैयाँ दिएर परिवार र गाउँमा हल्ला नगर्न भन्दै पटक–पटक धम्की दिएको पीडित बालिकाले बताइन् । पक्राउ परेकी राधाले आफूले नशाको सुुरमा श्रीमानको आवश्यकता पूरा गर्न त्यस्तो गल्ती गरेका स्विकार गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुबैजनालाई आइतबार जबरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने ओलीयाले बताउनुभयो ।
Leave a Reply